समाज सेवा गर्न स्वतन्त्रले जित्नुपर्ने उम्मेदवार कासिछ्वाको जोड
भक्तपुर, कार्तिक १५ गते
भक्तपुर क्षेत्र नम्वर १ कमा आसन्न निर्वाचन जित्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको श्रीभक्त कासिछ्वाले आफ्नो उम्मेदबारी बारे जानकारी दिन आज भक्तपुरमा पत्रकार सम्मेलन गरेका छन् । भक्तपुरलाई पर्यटकीय हवको रुपमा विकास गर्ने धेरै सम्भावनाहरु रहेको उल्लेख गर्दै, मतदाताकालागि खानेपानी, बाटो घाटो, स्वास्थ्य सेवा, खेलकूदको विकासमा र विपद्मा परेकाहरुलाई महत्वपूर्ण योगदान दिदै आएको र थप योगदानका लागि आफ्नो उम्मेदवारी भएको बताए । आफू समाजसेवी भएको जग्गा प्लटिङ्गमा नलागेको स्वास्थ्य र खेलकूदमा विशेष योगदान गर्दै आएकोले मतदाताले आफूलाई जिताउने दाबी गरेका छन् ।
आफूलाई जिताएमा दलहरुले गर्न नसकेका अधुरा काम स्वतन्त्र रुपमा गर्न सकिने दाबी गर्दै त्यसैको लागि आफ्नो उम्मेदवारी हुने र अव देखि कुनै पनि पार्टीमा नलाग्ने कुरा पनि उल्लेख गदै स्वतन्त्र भएर एक सामुदायिक विद्यालय एक नर्स, एक स्कूल एक खेल शिक्षक, किसानलाई उचित दाम र उपभोक्तालाई सहुलियत दरमा मासु, एक घर एक घारा, खानेपानी, भौतिक पूर्वाधार तथा सडक सञ्जाल विस्तारका योजनाहरु सुनाए । जनतालाई सहयोग गर्न एक करोड रुपियाँ कोषमा राख्ने, सांसदले पाउने सुविधा पनि असाहयलाई सहयोग गर्ने योजना रहेको बताए । उम्मेदवार कासिछ्वाले पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुलाई यातायात खर्च बापत प्रति पत्रकार रु. २ हजार उपलब्ध गराएका थिए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













