उपत्यकामा निषेधाज्ञाको नया नियम जारी, सबै धार्मीकस्थलमा दर्शनार्थीका लागि रोक ।
काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका छन् । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि तिनवटै प्रशासन कार्यालयले सवै धार्मिकस्थलमा हुने नित्य पूजा बाहेक अन्य पूजा गर्न रोक लगाएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज नयाँ आदेश जारी गर्दै मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको हो । प्रशासनले यो रोक माघ मसान्तसम्म लागू हुने जनाएको छ । यस्तै प्रशासनले माघ १५ सम्म लगाएको सबै प्रकारका भेला, सभा, सम्मेलनको प्रतिबन्ध माघ मसान्तसम्म पुर्याएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो। सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ । पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ । सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ। मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














