रामु मुरमुर जहाँ रहेपनि
आफन्त वा साथीहरुको सम्पर्कमा आई दिन आग्रह ।
भक्तपुर, बैशाख ३१ गते
भक्तपुरको ईट्टा भट्टामा काम गर्ने एक जना मजदुर सम्पर्कबिहिन हुँदा उनका आफन्त र साथी भाई चिन्तित भएका छन् । भक्तपुरका विभिन्न ईट्टा भट्टामा काम गर्दै आएका रामु मुरमुर एकासी गत बैशाख १७ गते देखि सम्पर्क बिहिन भएपछि जगाति प्रहरी वित्तमा उनको खोजिकालागि आफ्न्त र सार्थीभाईहरुले निवेदन दिएका छन् ।
मोरंग जिल्ला रतुवामाई नगरपालिका कल्याणपुर स्थायी घर भई भक्तपुरमा रहेका वर्ष २४, स्यामल वर्णका रामु मुरमुर सम्पर्क बिहिन भएको दुई हप्ता पुग्दा पनि उनको बारे केही जानकारी नआएपछि कामकालागि संगै भक्तपुर आएका साथीभाईहरुलाई निकै चिन्ता लागेको बताए । रामु जस्तै ४५ जना भट्टाका कामदारहरु ल्याएका ज्यामि नाईके टेकलाल माझीले भट्टाको सिजन सकेर घर फर्किने बेला बेपत्ता भएका रामु मुरमुरका कारण घर फर्किने अन्य साथीहरुलाई समेत अप्ठेरो परेको बताए । उत्ता घर परिवारले पनि छोरो खोजि दिन आग्रह गर्न थाले, यता साथीभाईहरुले पनि कहाँ छन् रामु भन्दै खोज्न थाले, केही जानकारी आएको छैन । गाउँ फर्किन पनि समस्या भयो उनले भने । बेपत्ता राम मुरमुरसँग कुनै झै भगडा थिएन । खाने, बस्ने सुविधा सहित महिनाको १६ हजार तलव दिने गरी काममा आएका मुरमुर एक्कासि सम्पर्क बिहिन भएकोले आफूहरु समस्या भएको माझीले सुनाए । बेपक्ता मुर मुरका आमा बुबा, किसन मुरमुर र गौरा मुरमुरले छोरो फकाउन धम्कि दिन थाले, कहाँ खोज्ने? कहाँ गयो होला? माझीले भने आफन्त चिने जानेकोमा काममै ब्यस्ट भएको हुनुपर्छ । त्यसैले खोजि दिन प्रहरी समक्ष पनि आग्रह गरेको उनले भने । कामको सिलसिलमा विदेश समेत पुगेका मुरमुर मोवाईल समेत नबोक्ने भएकाले सम्पर्कमा ल्याउन नसकेको जगाति प्रहरी वित्तले जनाए । मुरमुर हराएको भनि निवेदन परेको छ, कतिपयले च्याम्हासिंह वरपर ओहोरदोहर गरी रहेको पनि देख्नेहरु छन् । खोजि कार्य जारी छ । प्रहरीको भनाई छ । रामु मुरमुरलाई जो कोहीले देखेमा उनका मातापिता किसन मुरमुर र गौरा मुरमुरलाई मोवाईल नम्वर ९८२०७३२१८५ वा ९८१६३४४२१८मा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क राखि दिन सर्वसाधारणलाई आग्रह गरेको छ । सम्पर्कमा ल्याई दिने महानुभावहरुलाई आकर्षक पुरस्कारको व्यवस्था पनि भक्तपुरस्थित उनका आफन्त, साथीभाईले ब्यवस्था गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













