प्रदेश २ मा २४ लाख नागरिकले पूर्ण मात्रा खोप लगाए ।।
स्नेहा कर्ण, सीआईएन, काठमाडौं
गत माघ १४ गतेबाट सातै प्रदेशमा एकैपटक सुरु भएको खोप अभियानमा प्रदेश २ का नागरिक भने अपेक्षा गरेभन्दा कमै सहभागी भएका छन् । सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको एक वर्ष हुनै लागेको छ । प्रदेश नम्बर २ को कुल जनसङ्ख्या ५४ लाख ५ हजारको हाराहारीमा छ । हालसम्म कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ४५ प्रतिशत अर्थात् २४ लाख नागरिकले लगाएका छन् । सुरुमा प्राथमिकताका आधारमा खोप लगाइए पनि पछिल्लो समय १२ देखि १७ वर्ष उमेर समूहकालाई पनि खोप लगाइँदैछ । प्रदेश २ मा १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ६० प्रतिशतलाई खोप लगाइएको छ । तुलनात्मक रुपमा अरु प्रदेशको भन्दा खोपप्रतिको आकर्षण कम देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले बताउनुभयो । बागमति र गण्डकी प्रदेशमा सबैभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश २ मा पहिलो र दोस्रो मात्रा खोप लगाउनेकै सङ्ख्या बढाउन खोपबारे सुनिएको भ्रम चिर्न सचेतनामुलक कार्यक्रम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो । देशभर कुल लक्षित वर्गको २ करोड ८० लाखभन्दा बढीलाई खोप लगाइएको छ । माघको तेस्रो वा चौथो हप्ताबाट आम सर्वसाधारणलाई पनि बुस्टर मात्रा लगाउने तयारी सरकारले गरिरहँदा प्रदेश २ का नागरिक भने पहिलो मात्राका लागि उत्साहित देखिएका छैनन् ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













