राजनीतिक दलको भेला, सम्मेलन र महाधिवेशनले सङ्क्रमण दर बढाएको कतिपयको भनाइ ।।
उषा तामाङ, सीआइएन, काठमाडौँ
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको आशंका विज्ञहरुले गरिरहँदा, कतिपयले त्यसको दोष राजनितिक दलको भेला, सम्मेलन र महाधिवेशनलाई दिएका छन् । केही दलका शिर्ष नेता कोरोना सङ्क्रमित भएर हाल आईसोलेसनमा छन् । छिमेकी देश भारतमा दैनिक डेढ लाखका दरले कोरोना सङ्क्रमित बढिरहँदा नेपालमा पनि बुधबार यता कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । दलहरूले गरेको भेला र सम्मेलनमा स्वास्थ्य मापदण्ड पालना नगरिएका कारण कोरोना फैलिएको ललितपुर हात्तिवनका रमेश रिजालले बताउनुभयो । दलहरूले देशभरका कार्यकर्तालाई एक ठाउँमा बोलाएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेका कारण निरन्तर सङ्क्रमण बढेको प्युठान घर भइ सतुङ्गल बस्दै आउनुभएका विष्णु प्रसाद पोखरेलले बताउनुभयो । डेढ महिना यता नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा समाजवादी पार्टी लगायतले केन्द्र देखि जिल्ला सम्मका भेलाहरु गरेका थिए । तर यसै कारण कोरोना फैलियो भन्न दलका नेताहरु भने तयार छैनन् । माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित करिब १२ जना केन्द्रीय नेतालाई कोरोना पुष्टि हुनुमा पार्टीको महाधिवेशन मात्रै जिम्मेवार नभएको नेता जयपुरी घर्तीले बताउनुभयो । सङ्क्रमण बढ्दै गएपछिदेशभरका विद्यालय गरिएको छ भने, स्वास्थ्य सुरक्षामा मापदण्ड पालना गर्न आग्रह गरिंदै आएको छ । तर दलहरुले अझै पनि आफ्ना भेला तथा कार्यक्रम रोकेका छैनन् । हाल कतिपय जिल्लामा एमालेको जिल्ला अधिवेशन चलिरहेको छ । कोरोना सङ्क्रमण बढ्दै जानुमा पार्टीको महाधिवेशन, यसबीचमा भएका विवाह सहित बढि भिडभाड हुने समारोह नै प्रमुख कारण भएको विशेषज्ञहरू बताउँछन् । परिक्षण गराउनेको सङ्ख्या पनि बढेकाले सङ्क्रमित बढि देखिएको सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले बताउनुभयो । दिनप्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढि व्यक्तिलाई भेला हुनबाट रोक लगाएको छ । तर राजनितिक दलका कार्यक्रममा सयौं मानिस भेला भईरहेका छन्, र उनिहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पनि पालना गरेका छैनन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













