नेपालमा ४८ लाख भन्दा बढीले लिए राष्ट्रिय परिचयपत्र ।।
नेपालमा ४८ लाख भन्दा बढीले राष्ट्रिय परिचयपत्र लिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार परिचय पत्र लिनका लागि ५२ लाख नागरिकको विवरण प्रविष्ट गरिएकामा ४८ लाखको परिचयपत्र नम्बर जारी गरिएको हो । राष्ट्रिय परिचय पत्र देशैभरका जिल्ला प्रशासन कार्यालय सहित इलाका प्रशासन कार्यालयबाट लिन सकिने भएपनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बढी भीड लाग्ने गरेको छ । मङ्सिर १ गतेबाट सरकारले विद्युतीय राहदानी लागु गर्दा राष्ट्रिय परिचयपत्र नम्बर पनि अनिवार्य गरेपछि अहिले परिचय पत्र बनाउनेहरू बढेका छन् । काठमाडाँैमा नागरिकको भीड बढेपछि काठमाडौँ महानगरपालिकासहित १० वटा स्थानीय तहबाट पनि परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक ललित कुमार बस्नेतले बताउनुभयो । राष्ट्रिय परिचयपत्र वितरण कार्य वडास्तरबाटै गर्ने लक्ष्यसहित विभागले २५ जिल्लामा अभियान सञ्चालन गरिसकेको छ भने १३ जिल्लामा जारी छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













