पेसी तोक्दा अब गोलप्रथा प्रणाली लागु हुने ।

पेसी तोक्दा अब गोलप्रथा प्रणाली लागु हुने ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक नियमावली र निर्देशिका पनि पारित भएको छ । योसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको एकल अधिकार खोसिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाउनुभएको आजको पूर्ण बैठकमा जबरा स्वयं भने सहभागी हुनुभएन ।सर्वोच्चका बाँकी १९ जना न्यायाधीशको बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गनुभएको छ । सर्वोच्चका न्यायाधीशहरूले यसअघि गोलाप्रथाबाट पेसी तोकिनुपर्ने माग गर्दै आएका थिए ।