कमलविनायक नगरकोट सडक चैत्र १५ गते भित्र पूरा गर्ने सरोकारवालाहरुको निर्णय, जनतामा अझै आशंका
भक्तपुर, पुस ७ गते ।
कमलविनायक, नगरकोट सडक चैत्र १५ गते भित्र पूरा गर्ने सरोकारवाला निकायहरु बीच आज सहमति भएको छ । २०७१ साल देखि निर्माणधिन सो सडकको ७८ प्रतिशत कार्य सम्पन्न भएको भनिए पनि पूरा हुने निश्चित नभएपछि आज बसेको सरोकारवाला निकायहरु बीचको अन्तरक्रियामा ठेक्केदारका प्रतिनिधी, आयोजना प्रमुख र जनप्रतिनिधिहरु एवं स्थानीय समुदायको सहभागितामा सो सहमतिका साथ निर्णय गरेको हो । छलफल माथि टिप्पणी गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सरकारले नसक्ने काम व्यक्तिले गर्छ भन्ने भ्रमले गर्दा सरकारी काम, ठेक्का प्रट्टा गुणस्तरहिन, कमसल, धिलासुस्ती, अनियमितता हुने गरेको बताउँदै यस्तो विकास निर्माण कार्य सरकारकै नेतृत्वमा गर्नुपर्नेमा जोड दिनु भयो । सरकारसँग सेना, प्रहरी र आवश्यक पूर्वाधार भएकाले जनताको आवश्यकताका योजनाहरु सरकार आफैले गनुपर्नेमा जोड दिएका हुन् । कमलविनायक नगरकोट सडक समयमै नबनेको बारे सडक देखि सडनसम्म आवाज बुलंघ गर्दै प्रभावित जनतालाई साथ दिदै आएको स्मरण गराउनु हुँदै सांसद सुवालले सो सडक जस्तै देशभर ११८ अर्वका ठेक्काहरु अधुरो अवस्थामा रहेको उल्लेख गर्दै भारतीय एकाधिकार पूजीले गर्दा नेपाल समस्यामा रहेको बताउनु भयो । नेपाल अमेरिका बीच हुनुपर्ने सहयोग आदान प्रदान भारत लगायत अन्य देशहरुसँग गाँस्नु भारत चीन बीच युद्ध गराएर भारतलाई हतियार बेच्ने अमेरिकी नीति एमसीसी सम्झौताले देखिएको प्रष्ट पार्नु भयो ।

जनसरोकारका योजनाहरु बारे जिल्ला प्रशासन कार्यालय भक्तपुरले सरकारी कार्यालयका प्रमुखहरु बीच हुने नियमित बैठकमा छलफल गर्नुपर्ने, कमजोरी औल्याई योजना सफल बनाउन समन्वय गर्नुपर्नेमा सांसद सुवालले सो अवसरमा जोड दिनु भयो ।
३१ करोड ५२ लाख ९२ लाखमा ठेक्का लिएको आठौं वर्ष पुग्दा ७ पटक ठेक्का नविकरण भइ सकेको छ । संशोधित ठेक्का ३५ करोड ८७ लाख नघि सक्दा पनि सो सडक प्रति नैतिकता, जिम्मेबारीता र जवाफदेहीता नदेखाएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी सिता परियारले ठेक्केदारले जनाएको पटक पटकको प्रतिवधता पूरा नभएकाले अवको प्रतिवधताप्रति पनि जनविश्वास नदेखिएकोले प्रतिवधता अनुसार कार्य योजना सार्वजनिक गरी आजै देखि काम गर्नुपर्नेमा जोड दिन्दै कार्य योजना विना सडक निर्माण पुरा हुन नसक्ने टिप्पणी गर्नु भयो ।
सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुछे भक्त फोंजू, एमालेका बचन देउजा लगायतले कमलविनायक, नगरकोट सडक अहिलेसम्म नबन्नुका कारणहरु सहित छिटो निर्माण सम्पन्न गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनु भयो भने नाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ठेक्केदारले दिएको समय भित्र काम पूरा नगरेको मितिबाटै आन्दोलन गर्ने बताए । प्रमुख प्रशासकीय अधिकारी अग्निप्रसाद अधिकारीले अहिलेसम्मको सडक निर्माण गतिविधि बारे प्रकास पारेका थिए भने सहभागि जनप्रतिनिधी र समुदायले ठेक्केदार कम्पनीले जनाए अनुसार अझै काम पूरा नहुने भन्दै ठेक्का रद गरेर नगरपालिका आफैले सो सडक बनाउनुपर्नेमा जोड दिएका थिए ।
सहभागि समुदायले सो सडक निर्माण कार्यको धिलाईले देशकै राजश्वमा असर परेको, पर्यटन प्रवर्धन र व्यवसायी तथा स्थानीय जनताको जनजीवनमा प्रभाव पारेको प्रति ध्यानाकर्षण गराएका थिए भने सहभागि ठेक्केदार कम्पनीका प्रतिनिधी र आयोजना प्रमुख गौतम श्रेष्ठले चैत्र १५ भित्र सडक निर्माण कार्य सम्पन्न गर्ने भन्दै निर्णयमा सहि गरेका थिए । यद्यपी स्थानीयबासीहरुमा सो सडक बन्नेमा आशंका छ । प्रतिवधता अनुसार कार्ययोजनाहरुको नियमन, अनुगमण गरी निर्माण कार्य पूरा गराउनेमा सरोकारवालाहरुको जोड छ । सरोकारवालाहरुले कर्मचारीले लिखित प्रतिबधता जनाए पनि ठेक्केदारले भोली अर्कै कर्मचारी खताउने परिपाति भएकाले ठेक्केदार आफै सहभागि हुनुपर्नेमा जोड दिए । नसक्ने भए ठेक्का छोड्न र सक्ने भए निर्माण पुरा गर्न आग्रह गर्दै यी दुवै कदममा स्थानीयले सम्मान गर्ने तर अनिश्चित बनाइ राखे अवरोध र विरोध समेत हुने चेतावनी दिए ।













