भक्तपुर चेम्वरले आफ्नो तीन बर्षीय योजना तर्जुमा गोष्ठी आयोजना
मध्यपुर, पौष १५ गते
नेपाल चम्वर अफ कमर्श भक्तपुरले आफ्नो तीन बर्षीय रणनीतिक योजना बनाउने भएको छ । देशकै उत्कृष्ठ शाखाको रुपमा नमूनाको जिल्ला कमर्शको रुपमा विकास गर्न योजना तर्जुमा गोष्ठी आयोजना गरेको हो । आज भक्तपुरमा आयोजित गोष्ठीको गमलामा जल चढाएर उद्घाटन गर्दै नेपाल चम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले देशको अर्थतन्त्रलाई सबल पार्न आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गरी स्थानीय उत्पादनलाई विदेश पुर्याउन कमर्शले पहल गर्ने बताए । विदेशबाट दैनिक ६ अर्व २५ करोडका सामाग्री स्वदेश आइरहेको उल्लेख गर्दै अध्यक्ष मल्लले यहाँका ससाना उद्योगहरुलाई विकास गर्र्दैै सामूहिक लगानीमा विदेशसम्म ब्यापार प्रवर्धन गर्न सक्ने बनाउन आवश्यक नीति तथा प्रविधिहरुलाई उपयोग गर्नुपर्नेमा जोड दिनु भयो । स्थानीय स्तरको मौलिक उत्पादनहरुलाई विदेशी बजारसम्म पुर्याउन नेपाल चेम्वर अफ कमर्शले देशभरका व्यवसायीहरुलाई संगठित पारिरहेको उल्लेख गर्दै अध्यक्ष मल्लले व्यवसाय प्रवर्धनमा सबै एक हुुनु पर्नेमा जोड दिनु भयो । जिल्ला र स्थानीय तहका चेम्वरहरुले स्थानीय व्यवसायीहरुलाई तालिम परामर्श दिएर थप सक्षम बनाउनु पर्नेमा पनि अध्यक्ष मल्लले जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले कर तिर्ने व्यवसायलाई राज्यले सजाय होइन सम्मान गर्नुपर्नेमा जोड दिदै विदेशमा कर तिर्ने व्यवसायीलाई उचित सम्मान हुने बताए । नेपालमा आफ्नो उत्पादनलाई उपभोक्तासम्म सुरक्षित रुपमा पुर्याउनको लागि प्याकिङ्ग गर्दा पनि जेल जानुपर्ने अवस्थाबाट गुज्रन्दै ब्यवसाय प्रवर्धन हुँदै आएको विश्लेषण गर्नु भयो ।
भक्तपुर कमर्शका अध्यक्ष न्हुछे मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रममा अर्का कार्य समिति सदस्य भौतिक निर्माण संयोजक रोशन भ्योद्यले नेपाल चेम्वर अफ कमर्शले व्यवसायीक हक हितका सवालका साथै कोरोना संक्रमणमा पनि सेवा परम धर्म अभियान सञ्चालन गरी सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्दै आएको स्मरण गर्नु भयो । भविष्यमा पनि चेम्वर अफ कमर्शले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न प्रतिबध रहेको बताउँदै संयोजक भ्योद्यले चेम्वर अफ कमर्शलाई छाता संगठनको रुपमा उद्योगि व्यवसायीको व्यवसाय प्रवर्धकको रुपमा विकास गर्ने विचार व्यक्त गर्नु भयो ।
सो अवसरमा भक्तपुर चेम्वरका पदाधिकारीहरुले तीन वर्षिय योजना तर्जुमाका लागि विभिन्न विषयविज्ञहरुसँग अभियमुखिकरण गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














