भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा आज रु। २२ लाख ४५ हजार ७ सय २३‍।१३ रकम जम्मा

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा आज रु। २२ लाख ४५ हजार ७ सय २३‍।१३ रकम जम्मा
२०७८ जेठ २५ गते, मंगलबार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार पनि जारी छ ।
ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि २५ गतेसम्ममा आर्थिक रु। ५ करोड २७ लाख १६ हजार ८ सय ३१ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । यसै क्रममा मिति २०७८ जेठ २५ गते मंगलबार मात्र आर्थिक रु। २२ लाख ४५ हजार ७ सय २३ र १३ पैसा आर्थिक सहयोग प्राप्त भएको छ । आजै भक्तपुर उद्योग वाणिज्य संघबाट आर्थिक सहायता सहित ३ वटा अक्सीजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्नुहुँदै विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै नगरपालिकाका केही प्रकाशनहरु प्रदान गर्नुभयो ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं। ०१९०३०००००७००२०००००३ (खाताको नाम BHAKTAPUR NA.PA. PRAKOP BYABAS मा) जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।
कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिट मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न यस नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा आज मिति २०७८।२।२५ गते मात्र सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संघ संस्थाहरुको नाम, ठेगाना र सहयोग रकम तपसिल बमोजिम रहेको छ ।