सिद्धि कृषि सहकारी संस्थाको नवौं साधारण सभा सम्पन्न

सिद्धि कृषि सहकारी संस्थाको नवौं साधारण सभा सम्पन्न
भक्तपुर, २०७८ मंसीर २९ गते बुधबार ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सिद्धि कृषि सहकारी संस्थाको नवौं साधारण सभाको मुन्टलाको बोट रोपी बुधबार एक समारोहबीच उद्घाटन गरियो ।
उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले समाजवादी सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य, उद्योग कलकारखानाहरु सरकारले सञ्चालन गनुपर्र्नेे बताउनुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाईमा गरिरहेको कार्य देशभरीकै स्थानीय तहहरुका लागि उदाहरणीय रहेको चर्चा गर्नुभयो ।


उहाँले राजनीति व्यक्तिगत फाइदाको लागि नभई देश र जनताको निस्वार्थ सेवाको लागि हुनुपर्ने बताउनुहुँदै पुँजीवादी दलहरुबाट शासन सत्तामा गएका मन्त्रीहरुको कारण देश कृषिमा परनिर्भर भएको औल्याउनुभयो ।
“नेपालमा जलविद्युत, खानेपानी, चुनढुङ्गा लगायतका क्षेत्रमा सम्भावना नै सम्भावना बोकेको देश हो” भन्नुहुँदै कृषिमा आत्मनिर्भर हुनका लागि प्रविधि विकास र अनुसन्धान गर्नुपर्ने तथा आफ्नै देशमा मल कारखानाको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले कृषि उत्पादन वृद्धिका लागि कृषि माटो परीक्षण, बेमौसमी तरकारी खेती, कौसी खेती, च्याउ खेती लगायतको तालिम र गहुँ, धान र आलुको बीउ बिजन वितरण गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडामा भइरहेका विकास निर्माणका गतिविधिबारे जानकारी दिनुहुँदै भनपाले कृषि, पशु सेवा र स्वास्थ्य क्षेत्र मार्पmत नगरबासीहरुको लागि गरिरहेको कार्यको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष पुण्यराम दुमरुले संस्थाको संक्षिप्त इतिहास स्मरण गर्नुहुँदै कृषकहरुलाई एकताबद्ध गरी बीउमा आत्मनिर्भर बनाउन संस्था कटिबद्ध भई लागिपरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भनपाले कृषि बजारिकरण र कृषि प्रबद्र्धनको लागि सहकारी संघसंस्थाहरुसँग समन्वय गरी व्यस्थित तरकारी बजार व्यवस्थापन तथा चिस्यान केन्द्रहरुको स्थापना गरी भक्तपुर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिक सुशिल राज सुवेदी, कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक देवी प्रसाद ढकाल, सिद्धिगणेश साकोसका उपाध्यक्ष विष्णुराम दुमरुले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सचिव चन्द्रमान सुवाल, कोषाध्यक्ष कृष्णभक्त ख्याजु, लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामकृष्ण दुमरु, संचालक समितिका सदस्य लक्ष्मीश्वरी दुमरुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले धान र गहुँको बीऊ बिजन वृद्धि गर्न योगदान गर्ने उत्कृष्ट उत्पादक तथा कृषि समाग्री केन्द्रबाट बीउ विजन तथा कृषि सामग्री खरिद गर्ने कृष्णप्रसाद ग्वाछा र सेकेन कोजूलाई प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दुमरुले प्रमुख अतिथि प्रजापति तथा अतिथिहरुलाई मुन्टलाको बोट मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।