१ करोड १६ लाखले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाए ।।
सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कम्तिमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड १६ लाख नाघेको छ । ११ महिनाको अवधिमा सरकारले लिएको लक्ष्य अनुसार कुल जनसङ्ख्याको १ करोड १६ लाख २९ हजार ६ सय २१ जनालाई कम्तिमा पनि एक मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो लक्षित १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनाको ५८ दशमलव ४ प्रतिशत हो । यस्तै ९३ लाख ६५ हजार ९ सय १५ जनाले कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् । अहिलेसम्म कुल जनसङ्ख्याको ३८ दशमलव ३ प्रतिशतले एक मात्रा र ३० दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका पनि मन्त्रालयले बताएको छ । हिजोमात्रै देशभर २५ हजार २३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले सीआइएनसँग बताउनुभयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














