जालसाजी र किर्ते गरी प्रजापतिको जग्गा साखकर्मीको नाममा

जालसाजी र किर्ते गरी प्रजापतिको जग्गा साखकर्मीको नाममा
भक्तपुर, २८ मंसिर । मालपोत र भूमिसुधारको लापरवाहीको कारण पुस्तौ“देखि जमिन जोत्दै आएका किसानहरूको हक अधिकार हनन् भएको विषयमा आइतबार नेपाल क्रान्तिकारी किसान संघ र नेपाल क्रान्तिकारी युवा संघले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र मालपोत कार्यालय भक्तपुरको ध्यानाकर्षण गरायो ।
उक्त कार्यक्रममा नेक्राकिसंघ भजिसका अध्यक्ष गोबिन्द दुवालले जनताको सम्पतिको जिम्मा लिएका कर्मचारीहरु भष्ट्र भए जनताको सम्पति सुरक्षित नहुने बताउ“दै मालपोत र भुमिसुधारमा जनताको सम्पतिको सम्पूर्ण कागजात हुने भएकोले इमान्दारपूर्वक काम गर्नु पर्ने बताउनुभयो । उहा“ले सत्यको पक्षमा न्याय दिन अन्कनाउन नहुने आफूलाई दाउमा पारेर भएपनि जनताको सेवामा समर्पित हुनु पर्ने बताउ“दै कर्मचारीहरु पनि भष्ट्र र इमान्दार दुबै हुने भएकोले भष्ट्र कर्मचारीहरुलाई पनि उनको गाउ“ठाउ“मा त्यस्तै हुने भएकोले इमान्दारपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।


जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मालाई विवादित जग्गाको किनवेच रोकी मोहियानी हक दिलाइ दिन अनुरोध पत्र बुझि आवश्यक जा“चबुझ गरी कार्यवाही गर्ने बताउनुभयो भने उक्त पत्र मालपोत तथा भुमिसुधार कार्यालयमा पत्र पठाई के भएको लेखि पठाउन पत्राचार गरी सकेको छ समेत बताउनुभयो ।
त्यस्तै नेक्रायुसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले किसान रामकृष्ण प्रजापतिको सप्रमाण हु“दाहु“दै कर्मचारीको बदमासीले अरुले दर्ता गरी जग्गासमेत किनबेच भईराखेकोले रोक्का राखी न्याय दिलाउन अनुरोध गर्नुभयो ।
साविक ताथली गाविस वडा नं ९ (क), हाल चा“गुनारायण नपा वडा नं ९ अन्तर्गत कित्ता नं ३५८ को क्षेत्रफल १ रोपनी १० आना जग्गा २०२१ सालको नापीमै भनपा वडा नं १ निवासी लतंकुमार प्रजापतिको नाउ“मा जग्गाधनी र मोही कायम भई पुस्तौ“पुस्तादेखि हालसम्म उनका परिवारले नै जोती कमाई आएको हो ।
०६५ साल माघ २८ गते तत्कालीन ताथली गाविसका सचिव बद्रिप्रसाद सिंख्वालले जग्गाको मोही महलबाट लतंकुमार प्रजापतिको नाम हटाएर तत्कालीन ताथली गाविस ९ का लतनकुमार साखकर्मीका छोराहरूलाई मोही नामसारीको सिफारिस दिए । उनले उक्त जग्गाको वास्तविक जोताहा र जोतकमोत गर्नेबारे स्थलगत सर्जमिन नगरी अनुचित लाभ लिएर सिफारिस गरे । कानुनविपरीत सिफारिस गरेका निज सचिवलाई हालसम्म कुनै कार्वाई नभएकोमा प्रजापति परिवारको धेरै गुनासो छ ।
सचिव सिंख्वालको सिफारिसको आधारमा लतनकुमार साखकर्मीका छोरा बाबुकाजी साखकर्मीले भूमिसुधार कार्यालय भक्तपुरमा मोही लगत कट्टाको निम्ति निवेदन दिए र भूमिसुधार कार्यालयले ०६५।११।८ गते मोही लगत कट्टा गर्ने निर्णय ग¥यो । बाबुकाजी साखकर्मीले आफ्नो बुबाको ११ ओटा कित्ता जग्गा मोही नामसारी गर्ने क्रममा किनं ३५८ समेत गाभेर मोही नामसारीको निम्ति निवेदन दिएका थिए । भूमिसुधारका कर्मचारी सुरेन्द्र थापाले “किनं ३५८ मा मोही लतंकुमार प्रजापति देखिएको, यस कार्यालयको २ नं अनुसूची भिडाउ“दा किनं ३५८ र ५८८ बाहेक अन्य कित्ता जग्गाहरूको मोही लतनकुमार साखकर्मीको नाउ“मा भिडेको र यस कार्यालयको १ नं मोही लगत लतनकुमार साखकर्मी देखिएको र किनं ३५८ को किसानको व्यहोरामा यो जग्गा मेरो हो जोति आएको भन्ने उल्लेख भएकोले भएको व्यहोरा उल्लेख गरी आवश्यक निणयार्थ पेश गरेको छु” भनेर जालसाजी टिप्पणी पेश गरे । उनको एक तहमाथिका कर्मचारी सम्वन्धित फा“टवाला रामहरी खड्काले संलग्न प्रमाणहरूका आधारमा एकापरिवारका मोही लगत कट्टा निर्णयको लागि भनी अर्को जालसाजी राय पेश गरे । प्रमुख हरिप्रसाद दुलालले ‘मोही एकै परिवारको देखि“दा भूमिसम्वन्धि ऐन २०२१ को दफा २ (ख) ले मोही नहुने हु“दा लगत कट्टा जनाइ दिने गरी सदर’ भनी जालसाजी निर्णय गरे र सोही आधारमा लतंकुमार प्रजापतिको जग्गा बाबुकाजी साखकर्मीको नाममा पुर्जा बन्यो ।
भूमि सुधारको निर्णयमा उल्लेख भएझै“ साखकर्मी र प्रजापति एकै परिवारका होइनन् । भूमि सुधार कार्यालयको १ नं मोही लगतमा पनि किनं ३५८ को जग्गा साखकर्मीको होइन, लतंकुमार प्रजापतिकै भएको उल्लेख छ । नापी कार्यालय भक्तपुरको फिल्डबुकमा किनं ३५८ को जोताहा महलमा ‘लतंकुमार प्रजापति भ.पु तौलाछें’ उल्लेख भएको र जोताहा किसानको व्यहोरामा ‘यो जग्गा मेरै हो जोती आएको’ भनी प्रजापतिले नै बोलेको स्पष्ट छ । भूमिसुधारले निर्णय गर्दा कि.नं ३५८ समेत गाभेर मोही लगत कट्टा ग¥यो । जोताहा महलमा लतंकुमार प्रजापति स्पष्ट उल्लेख भएपछि भूमिसुधारले निज लतंकुमार प्रजापतिको मोही लगतकट्टा गरिदिनु हने थिएन । भूमिसुधारका कर्मचारीले लतंकुमार प्रजापतिलाई सूचनासमेत नदिई मोही लगत कट्टा गरेको जालसाजी र किर्ते नै हो ।
पुस्तौ“देखि जोत्दै आएको जग्गा अर्काको गराउन सिफारिस दिने तत्कालीन गाविस सचिव सिंख्वाल र भूमिसुधारका कर्मचारीहरूलाई पक्राउ गरी जेल चलान गर्न तथा भूमि सुधारको सम्पूण गलत निर्णय बदर गरी प्रजापति परिवारलाई सो जग्गाको हकभोग पुर्जा दिन नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा मंसिर २५ गते किसान र युवाहरूको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी र मालपोत कार्यालय भक्तपुरका प्रमुखको ध्यानाकर्षण गरायो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त विषयमा अध्ययन गरी दोषीलाई कार्वाई गर्ने वचन दिनुभयो भने मालपोत कार्यालय भक्तपुरका अधिकृत महेश अधिकारीले उल्लेखित कित्ता जग्गाहरूको टु·ो नलागेसम्म किनबेच गर्न रोक्का राख्ने र त्यसपछि आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।