समाचारदातालाई काममा फर्काउन प्रेस काउन्सिलको आग्रह ।

समाचारदातालाई काममा फर्काउन प्रेस काउन्सिलको आग्रह ।
प्रेस काउन्सिल नेपाललेगोरखापत्रबाट निकालिएका समाचारदाता(स्ट्रिञ्जर)लाई काममा फर्काउन आग्रह गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदाता (स्ट्रिञ्जर)लाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाईतत्काल काममा फर्काउन आग्रह गरेको हो । काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भैरहेको विज्ञप्तिमा जनाइएको छ । कोरोना महामारीको कारण देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलव्ध नगराइएको र सेवाबाटै निष्काशन गरेको हुनाले प्रेस काउन्सीलले आफ्नो ध्यानाकर्षण भएकोे जनाएको छ ।
– –