नेमकिपा अध्यक्ष विजुक्छेद्वारा द युथ बुलेटिन सार्वजनिक
भक्तपुर, जेष्ठ ३२ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिको ‘द युथ बुलेलिटन’को आज सार्वजनिकीकरण तथा परिचार्चा गर्नु भएको छ । ख्वप ईन्जिनियरिङ्ग कलेजको सभाहलमा आयोजित सभालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष विजुक्छेले प्रकाशित पुस्तकका विषयवस्तुहरु जनताको माझ पुर्याउनुपर्नेमा जोड दिदै यसमा अन्तरक्रियामार्फत थप प्रशिक्षित गर्न निर्देशन दिनु भयोे । कार्यक्रममा प्रकाशित बुलेटिनको विवेचना गर्नुृ हुँदै वरिष्ठ पत्रकार लक्ष्मण जोशीले विश्व हामी सबैको हो अन्तमा युवाहरुको हो भन्दै प्रकाशित पुस्तकले नयाँ पुस्तालाई देशभक्त बनाउन निर्देशित गरेको धारणा व्यक्त गर्नु भयो । उहाँले नेक्रायुसंघको उदेश्य युवाहरुलाई सैद्धान्तिकहरुमा सक्रिय बनाउने रहेकाले नेक्रायुसंघ थप सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।


नेमकिपाको केन्द्रीय सदस्य एवं बागमति प्रदेशका सांसद सृजना सैंजूले विश्वमा बढ्दै गएको युद्धको अन्त र शान्तिका पक्षमा युवाहरु लागि रहेको चर्चा गर्दै उहाँले त्यसैले विश्वका युवाहरु प्यालेस्तानिहरुको न्यायकोलागि जुरुक्क उठि रहेको छ भन्नु भयोे । सांसद संैजूले युवाहरुलाई सदमार्ग दिने काम नेमकिपाकाको विचारले दिइ आएको उल्लेख गर्दै उहाँले प्रशासित पुस्तकमा नेमकिपाको विश्व दृष्टिकोण समेतिएकोले यसको अध्ययन गर्नु आवश्यक भएकोमा जोड दिनु भयो । आयोजक समितिका अध्यक्ष मिनबाहादुर बाटाको अध्यक्षमा भएको सो कार्यक्रममा नेक्राविसंघका सुरेश परियारले युद्धमा प्यालेस्टिानी जनताका छोरा छोरीहरु मरिहँदा तालि बजाइरहने इजर्यालीहरुमा मानवता कहाँ छ? भन्दै त्यहाँ रंग र जातिय विभेदको चरम विभेद रहेको चर्चा गर्नु भयो ।

नेपाली र अंग्रेजी दुवै भाषामा प्रकासित ‘द युथ बुलेटिन’ भत्रि शासक दलहरुका खोटो विचार, युवालाई स्वदेशमा रोजगारी दिन नसेका, स्थानीय तह निर्वाचन र नेमकिपा, भारतिय कब्जामा नेपालको जलविद्युत सहित २८ वटा लेखहरु प्रकाशित छन् । १२६ पुष्ठ मा प्रकाशित द युथ बुलेटिनको सम्पादन तथा प्रकाशन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिले गरेको हो । सो पुस्तकको मुल्य व्यक्तिगत मुल्य रु. ५० र संस्थागत मूल्य रु. १०० राखिएको छ ।














