जलवायु परिवर्तनको असर विभिन्न स्वरुपमा देखिन थालेको विज्ञको भनाइ ।
जलवायु परिवर्तनका कारण जनजिवनमा विभिन्न किसिमका असर देखिन थालेका छन् । बेमौसमी बर्षाको कारण देशभर जनधनको क्षति भएको छ भने पछिल्ला केही बर्ष यता मौसम प्रतिकुल हुने, उत्पादन घट्ने, नदीनाला सुक्ने जस्ता समस्या बढेका छन् । विज्ञहरुले यसलाई जलवायु परिवर्तनको असरको कारण भएको बताउन थालेका छन् । मौसम पूर्वानुमान महाशाखाले गत असोज २५ गते नेपालबाट यो वर्षको मनसुन बाहिरिएको घोषणा गरेको थियो । तर एक हप्तापछि देशभर भएको वर्षाले जनधनको ठूलो क्षती ग¥यो । कैलाली अत्तरियाका ७० वर्षका गीतराज भट्ट कात्तिक महिनामा बाढी नै आउने गरि ठूलो वर्षा भएको आफुलाई यस भन्दा अघि थाहा नभएको बताउनुहुन्छ । मौसमविद्ले सामान्यतया जेठ अन्तिम देखि असोज महिनाभरलाइ वर्षातको समय भन्छन् । यो समय सकिएपछि मौसम खुल्न थाल्छ । तर केही वर्षयता हिमालमा हिउँ पर्ने क्रम पनि कम भएको सोलुखुम्बुको थुक्लाका छिरिङ लाक्पा शेर्पाले बताउनुभयो । जलवायु परिवर्तनको असरले तराई देखि हिमाल सम्मको जनजीवनमा असर पारेको छ । तापक्रम बढ्दै जानु, पानी पर्ने तरिकामा परिवर्तन आउँनु, हिउँ पग्लिएर हिमताल बन्न थाल्नु, आगलागिका घटना बढ्नु लगायत परिवर्तन जलवायुको असर भएको विज्ञहरु बताउँछन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













