जलवायु परिवर्तनको असर विभिन्न स्वरुपमा देखिन थालेको विज्ञको भनाइ ।
जलवायु परिवर्तनका कारण जनजिवनमा विभिन्न किसिमका असर देखिन थालेका छन् । बेमौसमी बर्षाको कारण देशभर जनधनको क्षति भएको छ भने पछिल्ला केही बर्ष यता मौसम प्रतिकुल हुने, उत्पादन घट्ने, नदीनाला सुक्ने जस्ता समस्या बढेका छन् । विज्ञहरुले यसलाई जलवायु परिवर्तनको असरको कारण भएको बताउन थालेका छन् । मौसम पूर्वानुमान महाशाखाले गत असोज २५ गते नेपालबाट यो वर्षको मनसुन बाहिरिएको घोषणा गरेको थियो । तर एक हप्तापछि देशभर भएको वर्षाले जनधनको ठूलो क्षती ग¥यो । कैलाली अत्तरियाका ७० वर्षका गीतराज भट्ट कात्तिक महिनामा बाढी नै आउने गरि ठूलो वर्षा भएको आफुलाई यस भन्दा अघि थाहा नभएको बताउनुहुन्छ । मौसमविद्ले सामान्यतया जेठ अन्तिम देखि असोज महिनाभरलाइ वर्षातको समय भन्छन् । यो समय सकिएपछि मौसम खुल्न थाल्छ । तर केही वर्षयता हिमालमा हिउँ पर्ने क्रम पनि कम भएको सोलुखुम्बुको थुक्लाका छिरिङ लाक्पा शेर्पाले बताउनुभयो । जलवायु परिवर्तनको असरले तराई देखि हिमाल सम्मको जनजीवनमा असर पारेको छ । तापक्रम बढ्दै जानु, पानी पर्ने तरिकामा परिवर्तन आउँनु, हिउँ पग्लिएर हिमताल बन्न थाल्नु, आगलागिका घटना बढ्नु लगायत परिवर्तन जलवायुको असर भएको विज्ञहरु बताउँछन् ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












