फलफुल पसलहरुमा अनुगमन, लेवल नभएकोले जफत गरी नष्ट

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगर भित्र रहेको फलफुल लगायत ६ वटा पसलहरुमा अनुगमन बिहिबार व्यासीमा सम्पन्न भयो ।

अनुगमनमा एच एण्ड एच जुस सेन्टर नविकरण गर्नुपर्ने, मुल्य सुचि राख्नुपर्ने र लेवल नभएको फ्रुटो जुस ५०० मिलिलिटरकोमा लेवल नभएकोले जफत गरी नष्ट गरि

यो । त्यस्तै

राजेश पानी पुरी विगत दुई तीन बर्ष अगाडिदेखि बिना दर्ता संचालन गरेकोले तीन दिन भित्र दर्ता गर्न, सरसफाइमा ध्यान दिन र मुल्य सुचि राख्न निर्देशन दियो । त्यस्तै सुष्मा फ्रुट शप विगत चार बर्ष देखि नविकरण नभएकोले त्यहिं नविकरण गराएर कुहेको र विग्रेको फलफुलहरु नराख्न, नबेच्न, तराजु नविकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । त्यस्तै इजि मल्टि स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु आसियन ड्राई फुड ९ पाकेट, लेवल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै ए.के. किराना एण्ड भेज सप्लायर्समा मुल्य सुचि राख्न, प्याकेजिङ्ग सामानमा लेवल राखेर मात्र विक्रि वितरण गर्न र म्याद नाघेको मसला पाकेटहरु १७ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै पटिन लिंकन स्टोरमा मुल्य सुचि राख्न, म्याद नाघेको प्लाटिनम कुकिज बिस्कुट १ पाकेट, जिरा वन्डर विस्कुट १ पाकेट, बटर डिलाइट विस्कुट ३ पाकेट, नटराज दालमोठ १ पाकेट, शिवशंकर बदाम १ पाकेट र कोक ५०० मिलि जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रिता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखा मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका यादव प्रसाद मिश्र, जिल्ला प्रहरी कार्यालयका प्र.स.नि. विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासुको उपस्थित रहेको थियो ।