एमसीसी विरुद्ध नेमकिपाको विरोध पत्र अमेरिकी राष्ट्रपतिलाई

काठमाडौं, फागुन १३ गते

नेपाल मजदुर किसान पार्टीले अमेरिकी मिलेनियम च्यालेनस कर्पाेरेशन (एमसीसी) विरुद्ध काठमाण्डौंमा मंगलबार विरोध जुलुस गर्यो । एमसीसी राष्ट्हित विपरित छ भन्दै नेमकिपाका नेता कार्यकर्ता र समर्थकहरुले रत्नपार्कबाट विरोध जुलुस गर्दै महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर धर्ना समेत थिए । जुलुस र धर्नासँगै पुगेको नेमकिपाका सचिव प्रेम सुवालको टोलिले अमेरिकी राष्ट्पति डोनाल ट्मलाई सम्बोधन गर्दै अमेरिकी राजदुतावासमार्फत एमसीसी नेपालहित विपरित भएको भन्दै विरोध पत्र बुझाएका हुन । एमसीसीको ५०।५५ अर्व पैसाकोलागि देशको सार्वभौमिकता बन्दकीमा राख्न नहुने भन्दै एमसीसीको खारेजीको माग गरेका हुन ।

विरोध पत्र बुझाएपछि भएको सभामा बोल्नु हुँदै नेमकिपाका सचिव प्रेम सुवालले ठूला दलहरु एमसीसीलाई संसदबाट समेत पारित गराउन लागको भन्दै जनताले तिनीहरुलाई खवरदारी गर्नुपर्नेमा जोड दिनु भयोे ।
अमेरिकाको सरकारी निगम मिलेनियम च्यालेनस कर्पाेरेशन (एमसीसी) र नेपाल सरकारका अर्थमन्त्री बीच नेपालको हितविपरीत २०७४ भदौ २९ गते भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट एसीसी(सम्झौता) खारेजीको माग गर्दै नेमकिपाको तर्फबाट विरोध पत्र बुझाएको सांसद प्रेम सुवालले बताउनु भयो ।
विरोध जुलुसमा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एमसीसी अमेरिकी साम्राज्यवादको गोति भएको भन्दै आम सार्वभौस जनताले यसको बिरोध गरीरहेको भन्दै विरोध पत्र वाचन गर्नु भयो ।
घर्नामा पूर्व सांसद अनुराधा थापामगरले सहयोगको नाममा अमेरिकाले धेरै देशहरुमा युद्ध छेरेको भन्दै एमसीसीले देशमा द्वन्द निम्तिने खतरा रहेकाले एमसीसी विरुद्ध सडकमा आएको बताउनु भयो । सो कार्यक्रममा मजदुर नेता राजेन्द्र चवाल, निरज लवजु लगाएका बक्ताहरुले पनि एमसीसीले राष्ट्यि स्वाधिनता र सार्वभौमिकतामाथि गम्भिर चुनौति थपिने विचार व्यक्त गर्दै हजारौ वर्ष लड्यौ अझै हजारौं वर्ष लड्न तयार गरेको धारणा राखे । सो अवसरमा नेमकिपाले जारी गरेको विरोध पत्र यस प्रकार रहेको छ ।

महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पज्यू,

संयुक्त राज्य अमेरिकी सरकार,

वासिङ्टन, संयुक्त राज्य अमेरिका ।

मार्फत्,

महामहिम राजदूत,

संरा अमेरिकी राजदुतावास

महाराजगञ्ज, काठमाडौं, नेपाल ।

महामहिमज्यू,

नेपाल मजदुर किसान पार्टीका हामी नेता–कार्यकर्ता तथा समाजको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नागरिकहरू राजधानी सहरमा आज अपरान्ह विरोध ¥यालीपश्चात् संरा अमेरिकी राजदुतावास अगाडि भेला भएका छौं । संरा अमेरिकाको सहस्राब्दी चुनौती परियोजना (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता यस क्षेत्रको शान्ति र विकासअनुकूल नभएकोले उक्त सम्झौताको विरोध एवम् भत्र्सना गर्दै महामहिम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा लेखिएको विरोध–पत्र महामहिमसमक्ष हस्तान्तरण गर्न हामी यहां भेला भएका हौं । विगत पांच महिना यतादेखि एमसीसी सम्झौताको खारेजीको माग गर्दै संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिविरुद्ध नेपाली जनता निरन्तर आवाज उठाउंदै छन् ।

यो सम्झौता नेपालको राष्ट्रिय स्वार्थविपरीत छ । यसले देशको सार्वभौमिकता तथा राष्ट्रिय स्वतन्त्रतामाथि आंच पु¥याउने छ । नेपाली जनता यो सम्झौतालाई अस्वीकार गर्दछन् । नेपाल र नेपाली जनताले अन्तर्राष्ट्रिय क्षेत्रमा असङ्लग्नताको नीति अवलम्बन गर्दै आएको जगजाहेर छ ।

सारा विश्वलाई अवगत छ कि नेपालले कुनैपनि सैनिक गठबन्धनमा कहिल्यै सहभागिता जनाएन र जनाउने चाहनासमेत कहिल्यै देखाएन । एमसीसी संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको सैनिक परियोजना पनि हो । नेपाल र नेपाली जनता सर्तसहितको सहायतामा विश्वास गर्दैनन् । कुनैपनि आवरणमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नेपाललाई स्वीकार्य छैन । कुनै शक्ति राष्ट्रले नेपाली भूमिलाई ‘स्प्रिड्ड बोर्ड’ बनाउन खोजेको नेपालीलाई स्वीकार्य हुने छैन । संसारका विभिन्न भागमा तैनाथ संरा अमेरिकी सैन्य अखडानै विश्व शान्तिको निम्ति ठूलो खतरा हो भन्नेबारे विश्वकै न्यायपे्रमी जनता प्रस्ट छन् । नेपाली जनता यस क्षेत्रमा अमेरिकी सैन्य अखडा निर्माण होस् भन्ने पक्षमा छैनन् । एमसीसी तथा सैन्य रणनीतिअन्तर्गतको अनुदानमा लुकेको संरा अमेरिकी नेतृत्वको सैन्य गठवन्धनको हामी स्पष्ट शब्दमा विरोध गर्दछौं । देशको सार्वभौमिकता एवम् स्वतन्त्रताको रक्षा गर्न हामी नेपाली जनता हरदम सङ्घर्षरत रहने छौं, जुन इतिहासमा लामो समयदेखि गर्दै आइरहेका छौं ।

हामी पुनः जोडका साथ भन्छौं कि नेपाली जनता साम्राज्यवादी अत्याचार, दमन या युद्धमा होइन देशभित्र शान्ति, एसियामा शान्ति तथा विश्व शान्तिप्रति दृढ छन् । एसियामा ध्वंश मच्चाउने या युद्ध भड्काउने अथवा हतियार व्यापारमार्फत विश्व शान्तिमा खलल पु¥याउने कुनैपनि प्रस्ताव हाम्रो निम्ति स्वीकार्य छैन । राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुताको रक्षा, शान्ति तथा समृद्धिको पक्षमा निरन्तर सङ्घर्षरत नेपाली जनताको भावनासंग एमसीसी सम्झौता पटक्कै मेल खांदैन । नेपाली जनता सह–अस्तित्व, आपसी सहयोगमा विश्वास गर्दछन् । हामी त्यस्तो मित्रवत् सम्बन्धको पक्षमा छौं जुन आपसी लाभ, समानता र आपसी सम्मानको बलियो जगमा आधारित होस् ।

तसर्थ, नेपाल सरकारसंगको एमसीसी सम्झौता खारेज गर्न र नेपालको सम्प्रभुत्ताको यथोचित सम्मान गर्न संरा अमेरिकी सरकारलाई आह्वान गर्दछौं । यो कदम दुबै देशको निम्ति हितकर हुनेछ । यो बुद्धिमानीपूर्ण पाइलाले मात्र लामो समयदेखि कायम रहंदै आएको नेपाल र संरा अमेरिकाबीचको सम्बन्ध तथा नेपाली जनता र संरा अमेरिकी जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने छ ।

नेपाली जनताको सशक्त आवाजका साथ,

प्रेम सुवाल

सचिव, नेमकिपा

सदस्य, सङ्घीय संसद्