कोभिड पछि महिला उद्यमी उदाउने

कोभिड पछि महिला उद्यमी उदाउने
कोभिड पछिको उद्यमसिलतामा महिला अग्रसर हुने विश्वास व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले उद्यमी बन्ने महिलाहरुलाई अवसर रहेको बताए । भक्तपुर उद्योग बाणिज्य संघको उद्याम विकास समितिले आज आयोजना गरेको उद्योग व्यवसायमा महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले लैगिक समानताले महिला उद्यमशिलता विकास गर्न टेवा पुर्याउने देखिएको बताउनु भयो । महासंघका पुरुष उद्यमीले नेतृत्वसम्म पुग्न उहाँका उद्यमी श्रीमतीको हात रहेको उल्लेख गर्दै महिला उद्यमी बन्न पुरुष र पुरुषको सफलताको लागि महिलाको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नु भयो । उहाँले भन्नु भयो “महासंघको अध्यक्षमा निर्वाचित हुन पुरुष उद्यमीको धेरै सहयोग छ ।” पुरुषसँग प्रतिस्पर्धा गर्न नसकेर नै महिला उद्यमी पछि परेको छ उहाँले प्रष्ट परिन । देशको नेतृत्वदायि र निकायक क्षेत्रमा महिला पुग्न सकेमात्र महिला उद्यमशिलताको विकास हुन सक्नेमा जोड दिन्दै काठमाण्डौ उपत्यकामा महिला उद्यमीका लागि भक्तपुरमा बढी अवसर रहेको पनि बताउनु भयो ।


कार्यक्रमका विशेष अतिथी अभिनेतृ रेखा थापाले सपना देख्न सके मात्रै सफलता पाउने अठोट व्यक्त गर्दै सुतेर होइन आँखा खोलेर सपना देख्न सक्नुपर्नेमा जोड दिनु भयो । १४ वर्षको उमेर देखि नायिका बन्ने सपना बोकेर आफुले कलाकारीता क्षेत्रमा प्रवेश गरी गरेकोे संघर्षका कथा सुनाउँदै महिला उद्यमी बन्न सम्झौता नगरी निडर भएर लाग्नुपर्नेमा जोड दिनु भयो । महिलाले अघि बढ्न गरीने सम्झौता कै कारण महिला पछि परेको बताउँदै अभिनेतृ थापाले समाजले भन्ला भन्नेर होइन राम्रो काममा नेतृत्वदायि भूमिका खेलर उद्यमी बन्न उपस्थित महिला उद्मीमा आग्रह गर्नु भयो ।
नेपाल सौद्य कला व्यवासायी महासंघका अध्यक्ष कमला श्रेष्ठले उद्योगमा महिलाको नेतृत्वको आवश्यकता रहेकोमा जोड दिन्दै महिला उयद्यमीका लागि बजार, भण्डारण, ब्राइण्डिंग, लेवलिंग लगायतमा समस्या रहे पनि स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने धेरै थोक रहेको बताउनु भयो । महिला अधिकारका सवालहरु र पैरवीहरुसँगै शौद्य कलालाई पाठ्यक्रममा राख्न सफल भएको उल्लेख गदै महिलाले आँत गरी जिम्मेबारीता बहन गरे सफलता पाउनसकिने बिस्वास व्यक्त गर्नु भयो ।
भक्तपुरका महिला दिदी बहिनीहरुलाई पनि उद्योगमा सहभागि गराउन सो कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै भक्तपुर उद्योग व्यवसायी संघका अध्यक्ष शिव मानन्धरले नेपाल उद्योग वाणिज्य महासंघ र यसका १ सय ९२ वटा नगर जिल्ला संघहरुसँग मात्रै होइन अष्टे«लिया देखि रसियासम्मका २९ देशहरुसँग पनि सम्बन्ध गाँसिएको संघ भएको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष एवं सभाध्यक्ष मानन्घरले महिलाहरु घर घरमा मात्र होइन अवका दिनमा उद्योग व्यवसायमा पनि हुनुपर्छ भनि जोड दिनु भयो । सो कार्यक्रममा निर्वतमान अध्यक्ष रामप्रसाद प्रजापति, महासचिव रोषणी द्यौबन्जा, महिला उद्यमी लक्ष्मि अवालले उद्योगी व्यवसायीमा महिलाको सहभागिता निकै कम भएको र भएका उद्यमीहरु प्नि निकै संघर्ष गर्दै व्यवसाय प्रवर्धन गर्दै आएको कथा प्रस्तुत गर्नु भयो । भक्तपुरको स्थानीय उत्पादन, खानाका परिकार, परम्परागत पोशाकहरुले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा भएका महोत्सवहरुमा उत्कृष्ठ प्रदर्षण गर्न सकेको स्मारण गरेका थिए । आयोजक समितिका संयोजक श्रीया बल्लले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चारकर्मी शकुन्तला महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।