स्वास्थ्य शिविरमै दुई दर्जन गम्भिर विरामीको पहिचान
भक्तपुर,चैत्र ७ गते
नौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको आंखा तथा नाक, कान घाँटी स्वास्थ्य शिविरमा दुई दर्जन गम्भिर विरामीको पहिचान गरिएको छ । शिविरमा स्वास्थ्य जाँच गराउने २५० जना मध्ये ११ जनामा नाक, कान घाटी र १२ जनामा आँखा सम्बन्धि गम्भिर रोग पुष्टि भएको आयोजक समितिका अध्यक्ष जुवन लागेजुले जनाएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ५स्थित आराधना ज्ञानकुञ्जको प्रांगणमा सम्पन्न सो शिविरमा ११५ जना स्थानीय समुदायको नाक,कान, घाटीको स्वास्थ्य परीक्षण गरेको थियो । विशेषज्ञ डाक्टर प्रहरी नायब उपरीक्षक श्री नविन लागेजू, डाक्टर अभिषेश शाक्य तथा प्राविधिक केशव डंगोल द्वारा स्वास्थ्य परीक्षण गरेको सो शिविरमा ११ जनामा गम्भीर किसिमका नाक, कान, घाँटी सम्वन्धि समस्या देखिएकोले अस्पतालमा गई थप परिक्षणका लागि सिफारिस गरेको थियो । त्यस्तै जिल्ला सामुदायिक आंखा केन्द्र, च्याम्हासिंहको प्राविधिक सहयोगमा नेत्र सहायकहरु भोजराज पोखरेल, हिमा चौधरी र अन्जु थापामगर द्वारा १३५ जना स्थानीय जनताको आँखा परिक्षण गरिएको थियो । उक्त परिक्षणको क्रममा १२ जनामा आंखाको मोतिबिन्दु तथा अन्य गम्भीर समस्याहरू देखिएका थिए । ती बिरामीहरूलाई पुनः थपपरिक्षणका लागि आउने बुधबार आंखा केन्द्र च्याम्हासिंहमा रेफर गरिएको छ । उनीहरूको शल्यक्रिया गर्नु पर्ने केश आएमा तिलगंगा आँखा प्रतिष्ठानका बिशेषज्ञ डाक्टरद्वारा जिल्ला सामुदायिक आंखा केन्द्र च्याम्हासिंहमा नै शल्यक्रिया गर्ने जनाइएको छ । शिविरमा सहयोग गर्नु हुने बिषेशज्ञ डाक्टर, ठाउँ उपलब्ध गराउने आराधना ज्ञानकुञ्च लगायत सबैलाई संस्थाका अध्यक्ष जुवन लागेजूले धन्यवाद सहित मायाको चिनो प्रदान गर्नभयो ।














