भक्तपुरका सामुदायिक विद्यालयमा सदाचारको खोजी
भक्तपुर, भाद्र ३० गते
भक्तपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सामाजिक जवाफपदेहिता र सदाचारको खोजि गरेको छ । सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य अन्तर्गत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज भक्तपुरका सामुदायिक विद्यालयहरुसँग संयुक्त छलफल गरेका हुन् । २०७२ सालको विनासकारी भूकम्पपछिको विद्यालयको पुनर्निर्माण र पठनपाठनमा सामाजिक जवाफदेहिता र सदाचारका विषयमा केन्द्रित भई छलफल गरेका थिए । २०७२ सालको भूकम्पले जिल्लाका १२५ सामुदायिक विद्यालयहरु मध्ये ९७ विद्यालयहरुमा असर पारेको उल्लेख गर्दै डिएलपिआईयू भक्तपुरका प्रमुख भरतबहादुर श्रेष्ठले त्यस मध्ये ८१ वटा सामुदायिक विद्यालयका भवनहरु पुनर्निर्माण सम्पन्न भएको अन्य ८ वटा भवनको पुनर्निर्माण कार्य जारी रहेको बताए । उहाँले पुनर्निर्माणको करिव ६ वर्षमा भक्तपुरका अझै ४० विद्यालय भवन पुनर्निर्माण हुन बाँकी रहेको बेला डिएलपिआईयू भक्तपुरलाई जिल्ला शिक्षा विकास समन्वय समितिलाई हस्तान्तरणको अन्तिम तयारी भएकाले बाँकी पुर्ननिर्माण कार्य सोहि कार्यालयबाट हुने बताउनु भयो ।
विद्यालय भवन निर्माण सम्पन्न हुँदा कोरोनाको कहरका बीच पनि भौतिक दुरी कायम गरी पठन पाठन गर्न सहज भएको जनाउँदै सहभागि विद्यालयका प्रतिनिधीहरुले टिआई नेपालको सहजिकरणले पुनर्निर्माण प्रभावकारी भएको बताए । सामुदायिक विद्यालय सञ्चालन र व्यवस्थापनका लागि सामाजिक जवाफदेहिता र सदाचार आवश्यक भएको उल्लेख गरे । विद्यालय सञ्चालनमा स्थानीय समुदाय, अभिभावसँग सम्बन्ध विकासका लागि पनि सामाजिक जवाफदेहिता र सदाचारमा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु एवं उपभोक्ता समितिका पदाधिकारी क्रियाशिल रहेको बताए । सो अवसरमा बासु माविका प्रधानाध्यापक अम्बिका न्याईच्याईले भूकम्पपछिको पुर्ननिर्माण अन्तर्गत बासु माविको पुरानो भवन निर्माण गर्न अझै नसकेको गुनासो गर्नु भयो भने मेघा माविका गंगाधर हाडाले विद्यालय भवन निर्माणको सिलसिलामा निर्माण सामग्री खरिद गर्दा तिरेको मूल्य अनुसारको विल भपाई व्यवसायिले उपलब्ध नगराउँदा हिसाव फछ्र्यौट गर्न समस्या देखिएको बताउँदै विभिन्न संघ संस्थाको सहयोगमा विद्यालय भवन निर्माण र व्यवस्थापन गर्न सकेको बताए ।
कार्यक्रममा पञ्चकन्या मावि सुडाल, बालमुखेश्वर मावि सुडाल, ज्योति मावि गुण्डु लगाएत एक दर्जन विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीहरुले सहभागिता जनाएर आआफ्ना सामाजिक जवाफदेहिता र सदाचारका लागि गरिरहेका प्रयासहरु बारे जानकारी दिएका थिए । सो कार्यक्रममा टिआई नेपालका विनोद भट्राई र सारदा नेपालीले सहजिकरण गर्नु भएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













