नेमकिपा अध्यक्ष्य विजुक्छेद्वारा नेवाः संस्कार र चिकित्सा ज्योतिष पुस्तक विमोचित
भक्तपुर, चैत्र ७ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेवाः संस्कार र चिकित्सा ज्योतिष पुस्तकको ख्वप इन्जिनियरिग कलेजमा आयोजित एक समारोह बीच शनिवार विमोचन गर्नु भयो । डा. बीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित सो पुस्तकको विचोचन गर्नुहुँदै अध्यक्ष विजुक्छेले नेवाः संस्कार र चिकित्सा ज्योतिषलाई माक्र्सबादी दृष्टिकोणबाट पनि हेर्नुपर्नेमा जोड दिनु भयो । ऐतिहासिक संस्कार र चिकित्सा प्रणालीलाई बैज्ञानिक अध्ययन अनुसन्धानको खाँचो औल्याउनु हुँदै अध्यक्ष विजुक्छेले यस्तो विषयका पुस्तकहरु निरन्तररुपमा प्रकासन गर्नुपर्नेमा जोड दिनु भयो । बागमति प्रदेशका सांसद सृजना सैंजूले नेवाः संस्कार र चिकित्सा ज्योतिष पुस्तक मार्फत लेखक कायस्थले नेवार समुदायको संस्कार र ज्योतिष विज्ञानलाई अभिलेखिकरण गरेकोमा खुसि व्यक्त गर्नु भयो ।
पुस्तकमार्फत नेवार समुदायको महत्वपूर्ण संस्कार र चिकित्सा प्रद्धति बारे जानकारीमा आएको भए पनि यस्ता ऐतिहासिक संस्कारहरु नेवार समुदाय आफैले बिर्सन थालेकोमा भन्ने नेपाल प्रज्ञाप्रतिस्थानका उपकुलपति एवं वरिष्ठ संस्कृतिविद जगतमान गुरुंगले चिन्ता ब्यक्त गर्नु भयो । कार्यक्रममा इतिहासकार पुरुषोतमलोचन श्रेष्ठले नेवाः संस्कार नेपाल र नेपालीको मूल पहिचान भएको उल्लेख गर्दै प्राकृतिक रुपले मानिस पनि पशु नै भएको उल्लेख गर्दै संस्कारले मानिस बनेकोमा जोड दिनु भयो । ख्वप इन्जिनियरिगं कलेजका प्राचार्य सुजन माकले आफ्नो संस्कार र पद्धति अनुसार इन्जिनियरिग विषय अध्ययन गर्न नपाएको गुनासो गर्दै परम्परागत संस्कार र पद्धतिलाई पनि अध्ययापन गराउन आवश्यक भएकोमा जोड दिनु भयो भने सो अवसरमा जोशी समाजका केन्द्रीय अध्यक्ष सुवर्णराम जोशी, बालविकास विशेषज्ञ सानु आमात्य, प्रधानाध्यापक दिपकप्रसाद कायस्ठ, दिनानाथ पण्डित एवं इन्जिनियर नरेश खत्री लगायतले सो अवसरमा विमोचित पुस्तकमाथि समीक्षा गर्दै नेवाः संस्कार र चिकित्सा ज्योतिषको महत्वका बारेमा चर्चा गर्नु भयो ।
लेखक कायष्ठको सभापतित्व आयोजना भएको सो विमोचन कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष विजुक्छेले विभिन्न क्षेत्रका सहयोगिजनमा मायाको चिन्ह तथा कदर पत्र प्रदान गरेको थियो । २९६ पृष्ठको नेवाः संस्कार र चिकित्सा ज्योतिष पुस्तकमा लिच्छबीकाल देखी नै नेवारहरुसँग एक विशिष्ट पहिचान बोकेको संस्कार र संस्कृतिको विविधता र विस्तृतिलाई प्रस्तुत गरिएको लेखक कायष्ठले जनाएको छ । पुस्तकमा गरुड पुराण र त्यस भित्र लुकेको मानव विज्ञान, विस्केटजात्रमा लुकेको सिद्धान्त ज्योतिष लगायत चिकित्सा र ज्योतिष, वर्षफल एवं गोचर विचारलाई खण्ड क,ख,ग र घमा बर्गिकृत गरी प्रकासित गरिएको छ । सो पुस्तकको बजार मुल्य ८५० राखिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...











