कमलविनायक साकोसले मनाए, १७ औं वार्षिक साधारणा

कमलविनायक साकोसले मनाए, १७ औं वार्षिक साधारणा
भक्तपुर, मंसिर२१ गते
कमलविनायक वचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिक साधारण सभाको भक्तपुर नगरपालिका वडा नं. १०का वडाध्यक्ष लक्ष्मीप्रसाद हयौंमिखाले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको छ । कमलविनायकस्थित लामुगः चौरमा आयोजित साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष सुनिल मगजुले कमलविनायक सहकारीले तिम्रो र मेरो भन्दा पनि हाम्रो भन्ने भावनालाई जोड दिदैआएको उल्लेख गर्दै केही बढी व्याजको लोभमा सहकारी छान्ने भन्दा पनि कुन सहकारीले सहकारी उैत अनुसार समाजको हितको लागि काम गरिरहेको छ भन्ने हेक्का राखेर बचत गर्न जरुरी भएकोमा जोड दिए । भने सचिव लक्ष्मीप्रसाद चवालले संस्थाको सदस्य संख्या ११८३ र बाल बचत कर्ता २७६ रहेको बताए । संस्थाका कोषाध्यक्ष रमेश माकजुले व्याजदर घटाएर लगानीकर्ताहरुलाई लगानी गर्न आह्वान गर्दा पनि लगानी कर्ताहरु आर्थिक क्षेत्र चलायनमान हुन नसक्दा लगानी गर्ने भन्दा पनि पर्ख र हेरको अवस्थामा रहेको बताए । साधारण सभामा सल्लाहकार राजाराम तजले, पूर्व अध्यक्ष केपी लाखा सहितका अतिथिहरुले पनि कमलविनायक सहकारीले खेल्दै आएको भूमिका बारे आआफ्नो धारणा व्यक्र गरेका थिए ।