क्वाटी सहितको ५ वटा खाद्य पसल अनुगमन, अखाद्य बस्तु जफत गरि नष्ट
भक्तपुर, १८ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा क्वाटी सहितको खाद्य पसलहरु लान्चाफल्चादेखि कमलबिनायकसम्म पा“च वटामा अनुगमन भयो । अनुगमनमा सबै पसलहरुमा कोभिड १९ बाट सुरक्षित हुने गरी माक्स पञ्जा र एप्रोनको व्यवस्थान भएको नपाएका साथै ग्राहकको लागि पनि सो सहित सानिटाईरको व्यवस्था भएको नपाइएको र सबै पसलहरुमा म्याद नाघेको खाद्य सामानहरु पाईएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा सुरेश खाद्य स्टोरमा पसलमा दर्ता प्रमाण पत्र नभएको र नविकरण नगरेको, महालक्ष्मी चिउरा प्याकेजिड्डमा लेवल नभउको, खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना प्याकेजिड्ड सामानहरु जिरा, काजु, बदाम, पेष्टा लगायतमा लेबल नराखी प्याकेजिड्ड गरेको पाइएकोले खाद्यमा अनुज्ञापत्र लिन निर्देशन दिएको, म्याद नाघेको सामानहरु मिक्स मसला करेन्ट सानो १४ पाकेट, चिल्ली पाउडर २२ पाकेट, पेष्टा १ पाकेट, टरमेरिक पाउडर ६ पाकेट, वाईवाई चाउचाउ १ पाकेट मेचि चिया मसला १ पाकेट, क्वीक् चिप्स १ पाकेट जफत गरी नष्ट गरियो भने चामल विग्रेको ६ बोरा निजलाई नै फिर्ता पठाउन वा नष्ट गर्न निर्देशन दियो भने मुल्य सुचि व्यवस्थित गर्न समेत निर्देशन दियो ।
त्यस्तै सचिन खाद्य स्टोरमा पसल दर्ता प्रमाण पत्र पसलमा नभएको र नविकरण समेत भएको नदेखिएको साथै तराजू नापतौल विभागमा नविकरण गरेको नदेखिएकोले तराजु थान १ जफत गरी मकै लेवल नभएकोले लेवल भएको मात्र बेचविखन गर्न निर्देशन दियो भने म्याद नाघेको सामानहरु कोकाकोला २५० मिलिको १० वटा जफत गरि नष्ट गरियो ।
त्यस्तै खोटेजा स्टोरमा खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना प्याकेजिड्ड सामानहरु गेडागुडी, क्वाटी, मास, चानाहरु भएकोले लेबल नराखी प्याकेजिड्ड गरेको पाइएकोले खाद्यमा अनुज्ञापत्र लिन निर्देशन दिएको साथै म्याद नाघेको सामानहरु करेन्ट धनिया पाउडर ५ पाकेट, डाबर हनि सानो १० वटा र ठूलो २ वटा, नेष्टलेको किटक्याट चकलेट ६ पाकेट, हालमोला ८ वटा, रोजमेरि सिएमसि मसला १६ पाकेट, चोको १ पाकेट जफत गरी नष्ट गरियो भने पसल किरानामा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न निर्देशन दियो ।
त्यस्तै देभना खाद्य स्टोरमा पसल किरानमा दर्ता गरिराखेकोले मिनिमार्टमा दर्ता गर्न, खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना प्याकेजिड्ड सामानहरु मद्येशी बदाम, छोकडा, किसमिस, ओखर, विया“, काजु, सुकुमेल, गेडागुडी लगायतको भएकोले लेबल नराखी प्याकेजिड्ड गरेको पाइएकोले खाद्यमा अनुज्ञापत्र लिन निर्देशन दिई म्याद नाघेको सामानहरु लेय्ज ७ पाकेट, भुटेको चाना १० पाकेट, नटराजको चना दालमोठ ६ पाकेट, विकाजीको मसला पापड २० पाकेट जफत गरी नष्ट गरियो ।
त्यस्तै सेभेन नाइन इन्टरप्राइजेजमा ढक तराजु नापतौल विभागमा नविकरण गर्नु पर्ने, म्याद नाघेको सामानहरु क्लासिक सुप २ पाकेट, केशरी भोग बेशन लेबल नै नभएको १ पाकेट, फाण्टा ५०० मिलिको ११ वटा जफत गरि नष्ट गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुःज किजू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक विनोद सुवालको सहभागी थियो ।
मिनिमार्ट अनुगमन
भक्तपुर, १७ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मिनिमार्ट तीन वटामा अनुगमन भयो । लकडाउन खुकुलोसंगै बजार भाउ महंगीएको र गुन्हीपुन्ही(गाईजात्रा)लाई लक्षित गरी क्वाटी सहित खाद्य पसल अनुगमन गरेकोमा खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नै जथाभावी लेवलिड्ड गरेको पाईएको संयोजक गोराले बताउनु भयो ।

अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनि मार्ट खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनि मार्टमा दर्ता गर्नुपर्ने, म्याद नाघेको सामानहरु अत्याधिक रुपमा रहेको जसमा स्ट्रवेरी च्यू ३ बट्टा, किसान टोमाटो सस् ३ वटा, क्लासिक ओइल ९ वटा, लेयर्स २० पाकेट, ओटास् ३ पाकेट, कर्नफ्लेक्स १ पाकेट, बोनजोर स्पाइस ५ पाकेट, टर्मेरिक पाउड १२ पाकेट, डाईजेस्टिभ विस्कुट १२ पाकेट जफत गरी नष्ट गरियो भने उक्त पसलमा पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन तराजु एक थान जफत गरिएको छ भने स्टाफहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो ।

त्यस्तै च्याम्हासिंहमा रहेको नाइन स्टार सपिड्ड सेन्टरमा खुद्रा विक्रेतामा दर्ता गरिराखेकोले मिनि मार्टमा दर्ता गर्नुपर्ने, पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र म्याद नाघेको र विग्रेको सामानहरु थाइम १ बट्टा, केराउ १०.५०० केजि, मकै ५०.५०० केजि जफत गरि नष्ट गरियो भने स्टाफहरु र ग्राहकहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो ।
त्यस्तै नमस्ते किराना स्टोर दर्ता प्रमाण पत्र नदेखिएकोले दर्ता नभए तीन दिन भित्र दर्ता गर्न, पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र प्याकेजिड्ड सामानमा तौल नपुग भएकोले तराजु एक थान जफत गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।

अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुःज किजू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राजन बनमालाको सहभागी थियो ।














