वागीश्वरीमा महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम

वागीश्वरीमा महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम
भक्तपुर– नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले वर्गीय मुक्तिले मात्र शोषित महिलाहरुमाथिको शोषण अन्त्य हुने बताउ“दै महिलामाथिको दमनको कारण पू“जीवाद हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कामदार महिलाहरुको आवाजलाई सम्मान व्यक्त गर्दै महिलाद्वारा उत्पीडित पुरुषको बारेमा पनि सोचको आधार बनाउन आवश्यक छ भन्नुभयो । उहा“ले भन्नुभयो, ‘यो पु“जीवादी विचारको विकृति हो ।’
शिक्षिका सुनिता राउतले पुरुषहरुलाई चौकिदारी गर्न मात्र सिकाउने पितृसत्तात्मक सोचलाई पुरुषहरुले पनि परिवर्तन गर्नु आवश्यक छ भन्नुभयो ।
शिक्षिका रुपकेशरी उलकले सुत्केरी हु“दा महिलाहरुलाई बेतलबी बिदा दिनु राम्रो होइन भन्दै यसमा परिवर्तन आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका सदस्य सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकहरु ग्याहेन्द्र प्रसाद दाहाल, विश्वेश्वर मानन्धर, शिक्षिकाहरु श्रीया पहिजु, गिता खनाल, रामलक्ष्मी अवाल, पुजा शाक्य, निरु ताल्चाभडेल, पवित्रा शाहीले पनि बोल्नुभएको थियो ।