ख्वप मावि, कलेज र शारदा कलेजले बार्षिकोत्सव मनाउँदै
भक्तपुर, फागुण १३ गते
भक्तपुर नगरपालिकाले सञ्चालन गरेका विभिन्न कलेजहरु मध्ये ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसले शुक्रबार संयुक्तरुपमा वार्षिकोत्सव समारोह २०७७ मनाउने भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा हुने सो वार्षिकोत्सव ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पसको ३० औं रहेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण हरेक वर्ष आयोजना हुँदै आएको शैक्षिक प्रदर्शनी भने यस पालि आयोजना नगरी विद्यार्थीको बीचमा आयोजना भएका प्रतियोगिताहरुका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै प्लस टु लेभल, स्नातक तह र स्नातकोत्तर तहका उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गर्ने र दश वर्ष सेवा अवधि पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई सम्मानित गर्ने कार्यक्रम रहेको ख्वप कलेजका प्राचार्य रुपक जोशीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको रक्तदानमा एक सय जनाले रक्तदान गरेको पनि प्राचार्य जोशिले जनाएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा हुने सो कार्यक्रममा नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाई, भनपाका उपप्रमुख रजनी जोशी, त्रिवि व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. विनिल अर्याल, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकर भण्डारी, राष्ट्यि परीक्षा बोर्ड काठमाण्डौ कार्यालयका कार्यालय प्रमुख जयन्ती सत्याल, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वपमाविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ अतिथीको रुपमा रहने छन् ।
कक्षा ११ देखि स्नाकोत्तरसम्म विज्ञान, मानविकी, शिक्षा, ब्यवस्थापन संकायहरुमा देशका ६५ जिल्लाबाट ४ हजार ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको ति कलेजहरुको शुक्रबार विहान १०ः३० बजे नेमकिपा अध्यक्ष विजुक्छेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने उदेश्यले व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यका साथ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सार्वजनिक विद्यालय र कलेजको रुपमा रहे पनि सरकारी अनुदानको ब्यवस्था नहुँदा अन्य सरकारी सार्वजनिक विद्यालय र कलेजले जस्तै सुलभ दरमा शिक्षा दिन नसकि रहेको उल्लेख गर्दै सरकारले अन्य कलेजलाई जस्तै सञ्चालन खर्च ब्यहोरि दिएको भए अन्य कलेज भन्दा सुलभ रुपमा शिक्षा दिन सकिने प्राचार्य जोशीले बताए । बजारमा बिक्ने भन्दा पनि ख्वप विश्व विद्यालय स्थापना गरी शिक्षालाई श्रम उत्पादनसँग जोडेर देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने उदेश्यले भक्तपुर नगरपालिकाले विभिन्न ७ वटा कलेजहरु सञ्चालित रहेको उहाँले बताए ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














