स्वासप्रस्वास पुनस्थापना केन्द्र देशभर फैलाउन अतिथीहरुको आग्रह
भक्तपुर, माघ २९ गते
नेपाल र जापान सरकार एवं देश र जनताको समेत मैत्रीपूर्ण प्रतिकको रुपमा देशकै पहिलो स्वासप्रस्वास पुनस्थापना केन्द्र भक्तपुरमा स्थापना भएको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सो केन्द्रको आज उद्घाटन गर्नु भएको छ । जापानस्थित जाइका र त्रिवि शिक्षण अस्पतालको सहयोगमा भक्तपुर नगरपालिकाले बनाएको सो केन्द्रलाई स्थायित्व दिन रस्थानीय जनता र जनप्रतिनिधिहरुले छलफल गर्न जोड दिनु भयो । औषधी आयात र स्वास्थ्य क्षेत्रमा देखिएका बिकृतिहरुले जनस्वास्थ्यमा पारिरहेको प्रभावहरु बारे स्वास्थ्य मन्त्रालयको ध्यानाकषर्ण गराउँदै अध्यक्ष विजुक्छेले दातृ निकायको सहयोगलाई दुरुपयोग नहुने गरी यसलाई मैत्रीपूर्ण रुपले लिनुपर्ने र मित्र राष्ट्हरुबाट लिने मात्र होइन दिन पनि जानुपर्ने उल्लेख गर्दै दातृ निकायको सहयोगमा भारतमा हुने गरेको दुरुपयोगले नेपालमा समेत असर र प्रभाव पर्ने गरेकाले नागरिक भावना जागृत गर्ने कार्य स्थानीय तहले गर्नुपर्नेमा जोड दिनु भयो ।

वातावरण प्रदुर्षण र बढ्दो अव्यवस्थित शहरीकरणले अरु रोग भन्दा १० गुणा बढी सास्ति हुने स्वास प्रस्वास सम्बन्धि विरामीहरु बढी रहेको उल्लेख गर्दै अतिथीहरुले स्वावास प्रस्वास पुनस्थापना केन्द्रमा विरामीको उपचार एवं दक्ष जशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न जोड दिनु भयो । यस केन्द्रलाई नमूनाको रुपमा लिएर देशभर फैलाउनुपर्नेमा जोड दिएका हुन । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिकोले शिक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा पनि सस्तोमा गुणस्तरीय सेवा दिने तयारीमा भक्तपुर नगरपालिका लागि रहेको बताउनु भयो । नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य सेवा केन्द्रमा दैनिक ३ सय जनाको स्वास्थ्य उपचार भइरहेको उल्लेख गर्नु भयो । जनताको सेवाका लागि विभिन्न जोखिम मोलेर भए पनि संभव नै नभएको भनिए पनि सहयोगिहरुको सहयोग र सहकार्यमा सेवा विस्तार गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशको स्वास्थ्यमा नयाँ समस्या देखि रहेको बेला जनताको स्वास्थ्य सेवामा नयाँ सेवा सुरुवात भएको बताउनु भयो । हुने खानेको पहुँचको सेवालाई जनताको स्वस्थ जीवनका लागि सो सेवा महत्वपूर्ण हुने विचार व्यक्त गर्नु भयो भने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्राईले रोग नलुकाइ उपचार गरे मानिस सय वर्षसम्म पनि बाच्न सकिने बताउनु भयो । पुनस्थापना केन्द्र खोलि सकेपछि यसको निरन्तरताका लागि स्थानीय जनप्रतिनिधी र जनताको सहयोग हुनुपर्नेमा जोड दिनु भयो । त्रिवि शिक्षण अस्पतालका डाक्टर प्रदिपकुमार श्रेष्ठले स्वास्वप्रस्वा रोग पैसा पनि बढी खर्च हुने, सास्ती पनि हुने र ज्यानै जान सक्ने भएकाले यस सेवालाई साझा सम्पति र नमूनाको रुपमा भक्तपुरबाट देशभर फैलाउनुपर्नेमा जोड दिनु भयो । अर्का डाक्टर खेमवहादुर कार्कीले स्वास्सप्रस्वास रोगको उपचार र प्रशिक्षणलाई जापनीज र अन्य विदेशी विज्ञहरुको सहयोग र ज्ञानसिपलाई भक्तपुरमा स्थापना गर्न पाउनु गौरवको विषय भएको बताउनु भयो ।
जनताको स्वास्थ्यलाई प्राथमिकता दिन्दै नगरपालिकाले ख्वप अस्पताल निर्माण गरिरहेको उपप्रमुख रजनी जोशिले बताएको सो कार्यक्रममा सहयोगि निकाय जाइकाका ह्यसिको सन्देश पनि सो अवसरमा प्रस्तुत गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठल. धन्यवाद ज्ञापन गरेको सो कार्यक्रम जनप्रतिनिधी रविन्द्र ज्याख्वले सञ्चालन गरेको थियो भने भवन निर्माण समितिका अध्यक्ष रामप्रसाद प्रजापतिले प्रतिवेदन प्रस्तुत गर्नु भयो । औपचारिक कार्यक्रम पश्चात प्रमुख अतिथी विजुक्छेले नवनिर्मित पुनस्थापना केन्द्रको उद्घाटन गर्नु हुँदै उपचार प्रविधिको निरिक्षण गर्नु भयो ।
जनताको स्वास्थ्यलाई प्राथमिकता दिन्दै नगरपालिकाले ख्वप अस्पताल निर्माण गरिरहेको उपप्रमुख रजनी जोशिले बताएको सो कार्यक्रममा सहयोगि निकाय जाइकाका ह्यसिको सन्देश पनि सो अवसरमा प्रस्तुत गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठल. धन्यवाद ज्ञापन गरेको सो कार्यक्रम जनप्रतिनिधी रविन्द्र ज्याख्वले सञ्चालन गरेको थियो भने भवन निर्माण समितिका अध्यक्ष रामप्रसाद प्रजापतिले प्रतिवेदन प्रस्तुत गर्नु भयो । औपचारिक कार्यक्रम पश्चात प्रमुख अतिथी विजुक्छेले नवनिर्मित पुनस्थापना केन्द्रको उद्घाटन गर्नु हुँदै उपचार प्रविधिको निरिक्षण गर्नु भयो ।














