साख्वा: प्रतिष्ठानले कार्तिक २८ गते न्हु दँ भिन्तुना मनाउने
मध्यपुर, कार्तिक २६ गते
राष्ट्रिय विभूती शंखधर साख्वा: प्रतिष्ठानले नेपाल सम्बत् ११४४ न्हु दंया भिन्तुना कार्तिक २८ गते मनाउने भएको प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जनाएको छ । प्रतिष्ठानले नेपाल पञ्चांक निर्णायक समिति तथा अन्य विज्ञहरुको सल्लाह अनुसार दिन रातको मान्यतालाई आत्मसाथ गर्दै कार्तिक २८ गते मात्रै न्हु दँया भिन्तुना गर्ने तयारी थालेको जनाए । शंखधर चोकको सरसफाई र सजावतमा जुति रहेका प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले यस वर्ष पनि प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुने बताएका छन् ।


कार्यक्रममा अतिथीहरुले नेपाल संबत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण समारोहका साथै विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गर्ने कार्यक्रम रहेको बताए । यस वर्षको पत्रकारीताको पुरस्कार भने नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष नारायणसुन्दर किलंबुलाई सम्मानित गर्ने कार्यक्रम रहेको बताए भने प्रतिष्ठानका निर्वतमान अध्यक्ष श्याम मानन्धरले आफ्नो छ वर्षिय नेतृत्वमा नेपाल सम्वत्लाई प्रवर्धन गर्न अनलाई मार्फत तिथी मिति हेर्न सकिने गरी व्यवस्था गरेको चर्चा गर्दै नेपाल सम्बत प्रचार प्रसार गर्न देश विदेशमा शंखधर खाख्वाको प्रतिमा स्थापना अभियान सञ्चालन गर्दै आएको र अहिलेसम्म २४ स्थानमा प्रतिमा स्थापना गरिसकेको बताए । यस वर्ष सिन्धुपाल्चोकका चौतारामा खाख्वा:को प्रतिमा प्रतिस्थापनकालागि प्रतिष्ठानले पहल गरेको जानकारी दिदै निर्वतमान अध्यक्ष मानन्धरले प्रतिष्ठानद्वार नेपाल सम्बत् र यसका प्रवर्तक साख्वाको जीवनी बारे अध्ययन अनुसन्धान गर्दै आएको बताए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठले भने नेपाल भाषा नेवार समुदायको मात्र नभई सारा नेपालीहरुको मौलिक सम्बत भएकाले यसको संरक्षण र प्रचलनमा ल्याउनकालागि विद्यालय शिक्षाबाटै सुरु गर्नुपर्ने र अन्य भााषा भाषि तथा जनजातिहरुलाई पनि प्रशिक्षित पार्दै जानुपर्नेमा जोड दिएका छन् ।














