नर्सिङका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न
२०७७ मंसिर १० गते, बुधबार
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूले आफ्नो पेशा र विषयमा दुढ विश्वास लिएर अगाडि बढ्न प्रेरित गर्नुहुँदै असफलताबाटै सफलता प्राप्त गर्ने ज्ञान हासिल हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनको तयारीमा जुटिरहेको बताउनुहुँदै उहाँले कोरोना महामारीबीच निजी अस्पतालहरूले जनतालाई लुटिरहेकोे बताउनुभयो ।
विद्यार्थीहरू अरुबाट हौसला र प्रेरणा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै सीपयुक्त विद्यार्थी तथा जनशक्तिहरू कहिल्यै भोको बस्नुपर्ने स्थिति नआउने उहाँले बताउनुभयो ।
नर्सिङका विद्यार्थीहरूले समर्पित भावना लिई बिरामीको सेवा गर्ने ढंगले आफ्नो पेशामा आबद्ध हुनुपर्ने भन्दै नगर प्रमुख प्रजापतिले पढाई सँगसँगै व्यवहारिक ज्ञानको पनि सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नवआगन्तुक विद्यार्थीहरूलाई व्यक्तिगत स्वार्थबाट टाढा रही समाज परिवर्तनको निम्ति काम गर्न प्रेरित गर्नुभयो ।
ख्वप बुहप्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका सदस्य एवम् भनपा ९ नं. का वडाध्यक्ष रबिन्द्र ज्याख्वले संस्थान स्थापनाको उद्देश्य र परिचयबारे अवगत गराउनुभयो । भक्तपुरलगायत विभिन्न जिल्लाका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय नर्सिङ शिक्षा प्रदान गर्न संस्थानले सफलता हासिल गरिरहेको बताउनुहुँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले दक्ष र इमानदार जनशक्ति उत्पादनका साथै संस्कारयुक्त विद्यार्थी उत्पादन गरिरहेको बताउनुभयो ।
नयाँ पुस्ताका विदार्थीहरूमा अपाm्नो देशप्रतिको सकारात्मक दृष्टिकोण हट्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै वडाध्यक्ष ज्याख्वले आफूले सिकेको ज्ञान र सीपलाई समाजमा व्यवहारिक ढंगले उपयोग गर्नुपर्ने बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्रमुख रत्नसुन्दर लासिवाले गैरनाफामूलक संस्थाको रुपमा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले देश र जनतामा समर्पित हुने दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको बताउनुभयो ।
नर्सिङ पेशा संवेदनशील पेशा भएकोले आफ्नो पेशामा इमानदारीपूर्वक र असल व्यवहारबाट सबैमा सकारात्मक प्रभाव पार्ने ढंगले कार्य गर्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रममा विभागीय प्रमुख सुमित्रा बुढाथोकी र नर्सिङ प्रथम वर्षका इन्चार्ज शोभालक्ष्मी प्रजापतिले पनि बोल्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














