नैचालका पहिरो पीडितलाई घरदैलोमै राहत वितरण
भक्तपुर,
जिल्ला विपद व्यवस्थापन समिति भक्तपुरले बाढी पहिरो पीडित सूर्यविनायक नगरपालिका वडा नं. ८स्थिल नैचालका समुदायलाई घरदैलोमा राहत वितरण गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पीडितहरुको घरदैलो पुगेर राहत वितरण गरेका हुन । असोज ११, १२, १३ गतेको पहिरोबाट ज्यान गुमाएका सुकुमाया तामाङ्ग र प्रतिमा तामाङ्गका परिवारलाई नगद रु. ३ लाख सहित भाडाकुडा, त्रिपाल र टेनहरु राहत स्वरुप बितरण गरेका हुन । यसै बीच प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आजै सोही स्थान बस्ने पहिरो पीडित कान्छा तामागलाई पनि भाडाकुडा र त्रिपालहरु वितरण गरेका हुन । स्थानीय जनप्रतिनिधी विक्रम तामाग, पत्रकार, सुरक्षाकर्मीहरुसहितको सहभागितामा सो राहत बितरण गरिएको हो ।



विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ बामोजिम प्रति मृत्तक रु. २ लाख र प्रदेश सरकारबाट प्राप्त रु. १ लाख सहित रु. तीन लाख रुपियाँ वितरण भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाएको छ । पहिरोबाट घाइेत कान्छा तामाङलाई पनि भक्तपुर अस्पतालबाट डिसचार्ज गरी आजै घर पुर्याएको थियो भने घाइते तामाङको नियमित उपचारकालागि आवश्यक यातायातको व्यवस्था रेडक्रस भक्तपुरले गर्ने भएको छ । यसै गरुी पहिरो पीडितहरुलाई स्थानीय तहबाट पनि छिट्टै आवश्यक राहत वितरणको तयारी भइरहेको प्रजिअ श्रेष्ठले जनाएको छ । प्रजिअको टोलिले विपद् ग्रष्ट साँगा, आसापुरी, पार्टी भर्याङ, डोलेश्वरस्थित पहिरो प्रभावित क्षेत्रहरुको समेत स्थलगत निरिक्षण गरेको थियो ।















