श्रमिक साप्ताहिक बर्ष २७ अंक ४४, २ मंसिर २०७७ अन्तरक्रिया
-तुल्सी केशरी प्रजापति
नेमकिपा–९ दत्तात्रय समितिको आयोजनामा श्रमिक साप्ताहिक बर्ष २७ अंक ४४, मंसिर २, २०७७ को अन्तरक्रियाका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सभासद् सुरेन्द्र राज गोसाईंज्यू, कार्यक्रमका सभापति सञ्जय मानन्धर, अतिथि तथा उपस्थित सम्पूर्ण सहभागी साथीहरुमा न्यानो अभिवादन ।
आजको यस अन्तरक्रियामा मलाई पनि सहभागी हुने मौका दिनु भएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।
यस अन्तरक्रियाको मुख्य उद्देश्य भनेको ः–
* श्रमिक साप्ताहिक देश र जनतामा समर्पित विचार प्रधान पत्रिका हो ।
* नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, बिचारहरु जनतासम्म पु¥याउने झण्डाको रुपमा रहेको आस्थाको पत्रिका हो ।
* साथै कार्यकर्ताहरुको लागि एउटा खुराक र पार्टी नेता तथा कार्यकर्ता पुग्न नसकेको जिल्ला जिल्ला र गाउ“ गाउ“सम्म नेपाल मजदुर किसान पार्टीको संवाहकको रुपमा लिन सकिन्छ ।
* यो पत्रिकाले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन हरपल निरन्तर कलम चलाई रहेको छ ।
भाषा र संस्कृतिको संरक्षण गर्नु मानव सभ्याताकै संवद्र्धन शिर्षकमा काठमाण्डौ टोखामा भएको नया“ बर्ष नेपाल सम्बत् ११४१ को शुभकामना आदान प्रदान कार्यक्रमको समाचार बारे केहि कुरा राख्न गइरहेकी छु ।
नेपाल सम्बत् बारे नया“ पुस्तालाई अध्ययन र अध्यापन गराउनु पर्ने आवश्यक बोधका साथै यसको प्रयोग र बैज्ञानिक कारणहरु बारे समेत अध्ययन गर्नुपर्ने बारे शुभकामना आदान प्रदानमा कुरा उठेको छ भने शंखघर साख्वले ऋण मोचन गरी देशको नाममा सम्बत् चलाएको हो ।
नया“ बर्ष नेपाल सम्बत् ११४१ न्हुद“को अवसरमा काठमाण्डौं टोखाको नया“ बर्ष आयोजना समितिको आयोजनामा शुभकमना आदानप्रदान जुमबाट सम्पन्न भयो ।
* कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव कामरेड प्रेम सुवालले नेपाल सम्बत्को सुरुवातको बैज्ञानिक आधारबारे थप खोज अनुसंन्धान हुनुपर्नेमा जोड दिनु भयो ।
* उहा“ले भाषा, साहित्य, संस्कृति र सम्पदाबारे नया“ पुस्तालाई जानकारी दिनु पर्ने,
* घरमा केटाकेटीसंग मातृभाषामै बोल्नुपर्ने,
* कुनै पनि भाषाको हजारौं बर्षको इतिहास हुने भएकोले यसको संरक्षण गर्नु भनेको मानव सभ्याताको संवद्र्धन गर्नु हो,
* ज्योतिषशास्त्र विज्ञान हो र यस विषयमा विज्ञानका विद्यार्थीले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
* फास्टट्रयाक विकास र समृद्धि भन्दा विस्तारवाद र साम्राज्यवादी शक्तिलाई नेपाल भित्र पस्न सहज बनाउने भएकोले यसको विरोध गर्नुभयो ।
* अर्का अतिथि नारायण मर्हजनले शङ्खधर साख्वाले जनताको ऋण मोचन गरेर जनतालाई सहयोग गरेजस्तै आजका शासकहरुले पनि नेपाली जनताका समस्या मोचन गर्न नसकेको, नया“ बर्ष मनाउने नाममा फैलिएको विकृति र विसंगतिबाट समाजलाई जोगाउनु पर्ने बताउनु भयो ।
* नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सृजना सैंजुले जनता बा“चेमात्र कुनै पनि भाषा र संस्कृति बा“च्ने हो भन्दै जातीय र भाषिक आन्दोलनलाई वर्ग संघर्षबाट अलग राख्न नसकिने, संघीयताको गलत बुझाईका कारण प्रदेश र स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको चर्चा गर्नुभयो ।
* नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले शासक वर्गले धर्मलाई जनतामाथि दमन र शोषण गर्ने हतियारको रुपमा प्रयोग गर्ने गरेको चर्चा गर्नुहु“दै धर्मको नाममा अन्धविश्वावसलाई समर्थन गर्न नहुने र धर्म संस्कृतिप्रति आलोचनात्मक दृष्टिकोण कायम राख्नुपर्ने बताउनुभयो ।
नेपाल भाषा र नेपाल सम्बत् जीवित राख्न जनता नै महत्वपूण पाटो भएकोले जनता रहेमात्र भाषा र संस्कृति रहन्छ भने यो समाचारको निष्कर्ष रहेको छ । धन्यवाद
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...











