महेश्वरी बैक्वेटमा स्टुडेन्ट्स बुक फेय्र सुरु
भक्तपुर, माघ ५ गते
बुक क्लव भक्तपुरको तीन दिने स्टुडेन्ट वुक फेयर आजबाट सुरु भएको छ । महेश्वरी बैक्वेटमा आयोजित सो वुक फेयर ५ जना बालिकाहरुद्वारा उद्घाटन गरी सुरुवात गरिएको हो । साझा, एकता लगायत १८ वटा पुस्तक प्रकाशकहरुका स्वदेशी तथा विदेशी पुस्तकहरुको २४ वटा स्थलहरुमा बुक फेयर भएको आयकेजकहरुले जनाएको छ । बालबालिकालाई किताब पढ्ने बानि बसाल्न विद्यार्थी लक्षित पुस्तक प्रदर्शनी भए पनि शिक्षक र अन्य कितावप्रेमीहरुका लागि पनि ज्ञानबद्र्धक पुस्तकहरु प्रर्दशनीमा रहेको कार्यक्रमका अतिथी तथा कलाकार सुनिल पोखरेलले प्रतिकृया दिए । बालबालिकाहरुको बौद्धिक र मानसिक विकासका लागि बुक फेयर सान्दर्भिक रहेको उहाँले प्रतिकृया दिएका हुन भने प्रशिक्षक हिमालयस्वरलाल मूलले बालबालिकाहरुलाई पढाइका साथै हस्तकलाका सामग्री बनाउने सिपहरु लिएर प्रदर्शनीलाई थप आकर्षक बनाएको छ ।

उहाँ आफैले तयार पारेका विभिन्न हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा राखेको छ । हस्तकलाले बालबालिकामा सृजनशिलता बढ्ने उहाँको विश्वास छ । हातले बनाएको हुनाले बढी मेहनत र खर्च लाग्ने भएपनि विद्यार्थीहरुकालागि सुलभ दरमा हस्तकलाका आकर्षक सामग्री स्टलमा राखेको उहाँले बताए । यसै गरी वातावरण मैत्री व्यवहारका लागि प्लास्टिकको झोलाको विकल्पकको रुपमा कपडाका आकर्षक झोलाले पनि बुक फेयरमा आकर्षण बढाएको छ । हस्तकला व्यवसायी केशव प्रजापतिले बुक फेयरकै लागि भनेर कपडाका झोलाहरुको स्टल राखेका हुन । उहाँले भन्नु भयो बालबालिकासँग पैसा हुँदैन यद्यपी तिनीहरुलाई उपयोग हुने डिजाइनका साथ स्टल राखेको उहाँले बताए ।
प्रदर्शनीमा मातृभाषा संरक्षण र प्रर्वद्धनका लागि नेपाल भाषाका बुकहरुको समेत छुटै स्थलको व्यवस्था गरिएको छ विमल ताम्राकार र उहाँका परिवारले नेपाल भाषा प्रर्वद्धन गर्ने हेतुले नेपाल भाषाका विभिन्न प्रकाशनहरु सहितको स्टल राखेका हुन । बाल साहित्य देखि ईतिहास, संस्कृति सहित नेपाल भाषाका महत्वपूर्ण किताबहरु विद्यार्थीलाई मात्र नभई अन्य समुदायका लागि पनि आकर्षण बनेको ताम्राकार बताउँछन् ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी नेपाली, नेवारी, हिन्दी र अग्रेजी भाषाका विभिन्न चर्चित र नयाँ तथा पूराना पुस्तकहरु एक्कै ठाउँमा पस्किएको छ । प्रदर्शन माघ ७ गतेसम्म विभिन्न कार्यक्रमका साथ प्रस्तुत गरिने छ । पहिलो दिनमा विभिन्न विद्यालयका हजारौं विद्यार्थीहरुले बुक फेयरको अवलोकन गरेका थिए भने विभिन्न विद्यालयका शिक्षकहरुले विद्यार्थीले पढ्न रुचाएका बुकहरु विद्यालयले किनेर लाईबेरीमा राखिदिएर विद्यार्थीहरुमा पढ्ने बानीको विकास गर्न बुक फेयर प्रभावकारी रहेको प्रतिकृया दिएका छन् ।














