नाग पञ्चमीको दिन नाग पोखरीमा दिपावली

नाग पञ्चमीको दिन नाग पोखरीमा दिपावली
भक्तपुर, श्रावण २५ गते
भक्तपुरको ऐतिहासिक नाग पोखरीमा नाग पूजाका साथै दिपावली गरेको छ । पोखरीको बीचमा रहेको नागकोप्रतिमूर्तिलाई आज विहान फुलको माला लगाई, दुध चढाउनुका साथै पूजा गरी नाग पञ्चमी पर्व मनाएका हुन भने स्थानीय समुदायले नाग पञ्चमीको दिन आज साँझ पोखरीको डिलमा दिपावली गरेर नाग पञ्चमी पर्व मनाएका छन् । नाग पोखरीलाई नाग लोक बनाउने योजना सहित पोखरीको सरसफाई गर्दै आज नाग पञ्चमी पर्व मनाएका हुन । कुनै बेला चमारहरुले छाला धुने र रञ्जितकारहरुले धागो धुने तथा सुकाउने गरेको सो पोखरीमा नागकोप्रतिमा स्थापनासँगै नाग पोखरीको परिचय पाएको स्थानीयको भनाई छ । ऐतिहासिक नाग पोखरीको गरिमालाई निरन्तरता दिदै यस वर्ष देखि नाग पञ्चमीको साँझ दिपावली गर्न थालिएको छ ।