२२ आौं विविध भाषामा जनपक्षिय साहित्यहरु प्रकाशनमा जोड
मध्यपुर थिमी, कार्तिक ३० गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा २२ औं विविध भाषा साहित्य सम्मेलन अनलाईनमा आयोजना भयो । मध्यपुर थिमीका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको विविध भाषा साहित्य सम्मेलन कोरोना भाइरस संक्रमणको जोखिमका कारण अनलाईनबाट भएको हो । सम्मेलनका प्रमुख अतिथि अध्यक्ष विजुक्छेले विविध भाषामार्फत प्रस्तुत मन्तव्य, कविता, गीत र कथाहरुमा देशको बास्तविक वस्तुस्थिति प्रस्तुत भएको उल्लेख गर्दै प्रस्तुत साहित्यहरुलाई कितावको रुपमा प्रकासित गर्न आग्रह गर्नु भयो । बाहिरका भाषाभाषी साहित्यकारहरु पनि भक्तपुरमा हुने कार्यक्रमहरुमा सहभागि हुन इच्छुक भएपनि पनि कोरोनाको जोखिमका कारण आमन्त्रण गर्न असमर्थ रहेको बताउनु भयो ।
जनताको साहित्य विभिन्न भाषामा प्रकासित गर्न नसक्दा संस्कृति र राजनीतिक ज्ञानका लागि बनारस जानुपर्ने चलन पहिले रहेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले सन् १९७०मा भएको रुसीक्रन्ति पछि भएको पटनका घटनाहरु जस्तै क्रान्तिकारी माक्सवादी कम्यूनिष्ट धारणा बारे किताबहरु प्रकाशन गर्नुपर्नेमा जोड दिनु भयो । विभिन्न देशका क्रान्ति र परिवर्तनका कुरा एउटा ठाउँबाट अर्को ठाउँमा समेत प्रभाव पर्ने र कहि न कहि त्यस्तै घटनाहरु भइरहने उल्लेख गर्दै उहाँले अरुबाट जसरी हामीले सिकेका छौं यसै गरी हमीले पनि सिकेका अनुभवहरु लेखेर, बोलेर विदेशका जनताको लागि पनि सहयोग गर्यो भने राम्रो हुने विचार व्यक्त गर्नु भयो ।
अध्यक्ष विजुक्छेले भन्नु भयो हामी सह्रै पछि पर्यौ भनेर ग्लानि नगर्नुु होला विस्तारै साथीहरु विभिन्न क्षेत्रमा सिक्दै छन् । पहिले सरकारको आँखामा हामी त दोसी भएका थियौं, बालि कात्ने आन्दोलन, भपाई आन्दोलनमा हामीले पहिलै कुरा नबुझाएर जलि फताहा राम्रो हामी मात्रै नराम्रो भएर हामीले विगतमा जेल नेल भोग्नुपरेको थियो अध्यक्ष विजुक्छेले स्मरण गर्नु भयो । पढेको कुरा विर्सन सक्छ तर भोगेको अनुभव बिर्सन नसकिने उल्लेख गर्दै त्यसलाई लेखेर जनताको सेवा गर्न सकिने बताउनु भयो ।
विविध भाषा साहित्य समाजका अध्यक्ष सूर्यराम श्रेष्ठको सभापतिमा भएको २२ औं विविध भाषा साहित्य सम्मेलनमा स्थनीय कवि संजिब श्रेष्ठले सरकारमा गएको नेताहरुको अकर्मन्यताले देश परनिर्भर बन्दै गएको परिवेश बारे आफ्नो भावना पोख्नु भयो । कमलपोखरी संरक्षण समिति काठमाण्डौका अध्यक्ष भागवत नरसिंह प्रधानले ऐतिहासिक कमलपोखरी जालसाझी गर्दै ब्यक्तिको नाममा दर्ता गरी अन्ततः छायादेवी कम्प्लेस बनाएर ऐतिहासिक पोखरी नष्ट गरेकोप्रति विरोध गर्न नेमकिपा र भक्तपुरका जनताले साथ दिएको स्मरण गर्नु भयो । काठमाण्डौ उपत्यकाको सभ्यता र संस्कृति संरक्षणमा सरकारले ध्यान नदिँदा यहाँको मृत अमृत सम्पदाहरु हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
कवि सुन्दर थाले कोडिभ १९ सम्बन्धि कविता बाचन गरेको सो कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा दार्चुला जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी द्वारीकानाथ ढुंगेलले देशको स्वाधिनता र सार्वभौमिकताका सावालमा सबै दल एक जुत हुनुपर्नेमा जोड दिनु भयो । यद्यपी सरकार के गरिरहेको छ? प्रमुख प्रतिपक्षीय दल कहाँ छ ? प्रष्त हुन नसकेको उल्लेख गर्नु भयो । इष्ट इन्डियाले चीनको तिबतसँग उनको ब्यापार र तिर्थातनको लागि कालापानीको सानो पोखरीलाई कालिनदि भनेर बसेको सेनाको ब्यारेकलाई भारतले पनि अहिलेसम्म निरन्तराता दिन्दै नेपाली भूमी लिम्पीयाधुरासम्म अतिक्रमण गरी बसेकोे बताउनु भयो । सुगौली सन्धिको धारा ५ले कालापानीको कालि नभई लिम्पीयाधुराको कालिसम्म नेपाली भूमि रहेको प्रष्ट उल्लेख रहेको बताउनु भयो । तर पनि सरकारले देशको संसदको लोगो र नक्सामा समेत गल्ति र त्रुती गरेर जनताको सार्वभौमिकताको आन्दोलनलाई कमजोर गर्न खोजेको, सिमा सुरक्षा अभियानकर्मीहरुलाई पक्रेर नागरिकको आवाजलाई दवाउन खोजेको बताउनु भयो । सरकारले ऐतिहासिक प्रमाणको अधारमा बार्ता गरी सार्वभौमिका अच्छुन्न राख्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
काभ्रेका सूर्य वाइबा समूहबाट तामांग गीत प्रस्तुतीसँगै वरिष्ठ पत्रकार भैरव रिसालले भाषा मुलुकको गहना भएकाले भाषाको दृष्टिकोणले देश धनी छ भन्नु भयो । मातृभाषाहरुलाई मानिसले आदर, सम्मान ब्यक्त गर्ने उल्लेख गर्दै वरिष्ठ पत्रकार भैरव रिसालले भाषाको विविधताका लागि विविध भाषा साहित्य सम्मलेन गहना भएको बताउनु भयो । मनको भावना कसरी सम्प्रेषण गर्ने भन्ने माध्यमको कुरासँगै उच्चरण, लय, व्याकरण, शब्द, शब्दबिहिन, इसारा, संकेतको भाषा लगायत विभिन्न भाषाका तत्वहरुले भाषामा मौलिकता रहेको बताउनु भयो । भाषासँगै ऐतिहासिक सम्पदा र सभ्यताको महत्व पनि रहेको उल्लेख गर्दै उहाँले राजनीति चलाएपछि दुर्घन्दित हुने लाजविहिनताको अवस्थामा पुगेको बताउनु भयो । कोरोनाको खोप जस्तै राजनीतिको लाजहिनता बिरुधको भ्याक्सिन खोजि गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
कवि गंगाराम ज्याख्वको जनद्वही सरकार, वसन्त नकर्मीको न्हेस, र सुस्मिताको नकापधारी सत्रु कविताशहरुको वाचनसँगै जनसरोकार खोकनाका अध्यक्ष नेपाल डंगोलले बाल दह र सैंबु आवास क्षेत्रभित्रका खोकना बुमति सभ्यतामाथि सरकारले हस्तक्षेप गर्दै आएकोमा आपति जनाउनु भयो । राष्ट्यि पत्रपत्रिका, सञ्चार माध्येम र नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे सहित प्रवुद्ध व्यक्तिहरुले समेत खोकना बुमतिको सभ्यता संरक्षण गर्नुपर्नेमा जोड दिदै आए पनि सरकार दमनकारी नीति लिएर फास ट्याक, तेल भण्डार, आवस क्षेत्र, विदुत प्रसरण लगायत १० वटा परियोजनाहरु क्रमिक रुपमा कार्यान्वयन गर्न सेनालाई ठेक्का दिएकोमा आपति जनाउनु भयो ।
१६ सय वर्ष पूरानो मच्छिन्द्रनाथको सभ्यता र जात्रालाई युनेस्कोले विश्वसम्पदाको सूचीमा राख्ने तयारी गरिरहेको कुरालाई समेत बेवास्ता गर्दै सरकारले थप ८ सय रोपनी जग्गा अधिकरण गर्न खोजेको भए पनि खोकनाबासीसँग छलफल समेत नगरेको बताउनु भयो । खोकनाबासीको सहमति बिना ति परियोजना बनाउनु राष्ट्यि, अन्तर्राष्ट्यि ऐन विपरित हुने उल्लेख गर्दै सरकारले ८० प्रतिशतले मुआब्जा लिएको भनि हल्ला गरे पनि बहुसंख्यक स्थानीय जनताले मुआब्जा नलिई खोकना बुमतिको सभ्यता संरक्षणको लागि जोड दिन्दै आएको बताउनु भयो ।
खोकनाको सभ्यतालाई इतिहासमै सिमित गर्ने सरकारी कदमको विरोधमा नेमकिपा र भक्तपुरका जनताले पनि सक्रिय साथ दिन्दै आएको स्मरण गर्दै निजगढबाट ५.५ किलोमिटरको फास ट्याक लगाय परियोजना कार्यान्वयन गरेमा खोकनाको खान्की, भैरनाथको जग्गा, ऐतिहासिक हिटि, मलामी बाटो, सिकारी चौर, पीठ मन्दिरहरु नष्ट हुने बताउनु भयो । अध्यक्ष डंगोलले सम्पदा क्षेत्र नै नष्त हुने, स्थानीयबासीको स्वास्थ्यमा जोखिममा बढ्ने र आर्थिकरुपमा समस्या आउने वातावरणीय मूल्याकंनलाई समेत सरकारले बेवास्ता गरी भारतीय हस्तक्षेपलाई बढावा दिइ रहेको बताउनु भयो । भुकम्पले ध्वस्त भएको अवस्थामा बिना डिपिआर परियोजना सञ्चालन मन्त्री शक्तिवहादुर बस्नेतको बेला एक्कलौति ढंगले न्यूनमूल्यमा जग्गा अधिकरण प्रकेया थालेको र वस्ती नै लोप हुने गरी नेपाली सेनालाई ठेक्का दिएर खोकना बुंमति सभ्यतामाथि प्रहार गरेको बताउनु भयो । सांसद पम्पा भुसालसहितको सहभागितामा १० बुढे समझदारी भइसक्दा, सर्वच्च अदालतमा मुद्दा चलि रहँदा रहँदै पनि सरकारले पेलेर परियोजना लागु गर्न खोजे पछि निरन्तर रुपमा त्यसको शान्तिपूर्वक धर्ना जुलुस गर्दै खोकना बँुमती सभ्याता बचाउ अभियान चलाइ रहेको बताउनु भयो । अतिक्रमित भूमिमा गत १५ असारमा प्रहरी दमनका बीच रोपाइ गरेको बताउनु भयो । रोपाइ गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर, प्लास्तिकको गोलि चलाएको, दर्जनौको टोको फुटेको, घाइते भएको घटनालाई बिर्सेर मन्त्री हिदेश त्रिपाठीले खोकनाको सभ्यता भन्दा मुआब्जा बढी लिन मात्रै आन्दोलन गरेको आरोप लागाएकोमा आपति जनाउनु भयो । खोकना जात्रा भइरहेकोकै बेला हेलिकप्टरमार्फत अनुगमण गरेर खोकनाबासीलाई थप आक्रोसित पारेकोे उल्लेख गर्दै अध्यक्ष डंगोलले कोरोनाको उपचार गर्न नसक्ने सरकारले ८१ साल भित्र ति परियोजनाहरु सम्पन्न गर्ने भन्दै रु २ खर्वको इष्टिमेटबाट ८ खर्व खर्चेर बनाउने तयारी थालेपछि भारतीय विस्तारबादको थप चिन्ता छाएका बताउनु भयो । यसरी नेवार सम्पदा र संस्कृति उजाद पार्न लागेकाले सबै मिलेर अन्याय अत्याचारको विरोध गर्नुपर्नेमा जोड दिनु भयो ।
पूर्व जनरेल प्रेम सिहं बस्नेतले नेमकिपा सच्चा कम्यूनिष्ट पार्टी रहेको उल्लेख गर्दै खोकना बुँमतिको सभ्यता माथि चुनौती आएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले देशमाराहरु सभ्यता हेर्न विदेश जान्छ, त्यो हेर्न कतै जानुपर्दैन भक्तपुरबाट हेर्न सकिन्छ भन्नु भयो ।
नेमकिपा र भक्तपुरबासीमा सभ्यता संस्कृतिको प्रेम, अनुशासन पाएको बताउँदै जनरेल बस्नेतले नेमकिपा देशको राजनीतिक नेतृत्वमा पनि पुगेर अनुशासन देखाउनुपर्छ भन्नु भयो ।
देशको उत्तर र दक्षिण तर्फ सिमा मिचेको कुराहरु आइरहेको परिवेशसमा भक्तपुर अस्थाको केन्द्र, सिक्ने स्कूल रहेको बताउनु भयो । राष्ट्यि सुरक्षा, एकता कायम गर्दै भारतीय अमेरिकी विस्तारबादको विरोध गर्नुपर्छ उहाँले भन्नु भयो ।
भक्तपुरबासीले जस्तो दुस्मनको विरुद्ध अरुले बोल्न नसकेको भन्दै उहाँले बम बारुद्धले मात्रै युद्ध जितिन्दैन, नागरिकता दिएर सिकिम बनाउन खोज्नेहरु देखि होसियार हुनुपर्नेमा जोड दिनु भयो ।
भक्तपुरको हाकुपतासि भादगाउँले टोपी जस्तै सम्पदा संस्कृतिलाई जीवन्त राखि विश्वसामु चिनाइ राख्न सकिने विचार राख्दै उहाँले भुन्नु भयो, एउटा चिन्ह जुन नै काफि छ ।
सक्वका इन्जिनियर राजदास श्रेष्ठले कवि दुर्गालाल श्रेष्ठको कवित्व बारे चर्चा गर्दै
नेपाललाई संयुक्त राष्ट्संघको सदस्य राष्ट् बन्न नदिन इन्डियाले पटक पटक तगारो राखेको बताउनु भयो । नेपालको भारतको भाषा संस्कृति मिल्ने भन्दै राष्ट्संघमा सदस्य हुन नदिने भारतीय कदम विरुद्ध नेपाल भाषाको रञ्जना लिपि र भादगाउँले टोपीले आफ्नो छुटै देशको परिचय दिलाएर संयुक्त राष्ट् संघका सदस्य हुन पाएको ऐतिहासिक कुरालाई बिर्सन नहुने बताउनु भयो । नेपाल भाषा संरक्षण गर्नु विविध भाषा साहित्य सम्मेलन प्रभावकारी माध्यम भएको इन्जिनियर श्रेष्ठले बताउनु भयो ।
वरिष्ठ डाक्टर असोकानन्द मिश्रले आफू अस्वस्थ भएर पनि कार्यक्रममा सहभागि हुन आएको उल्लेख गर्दै नेमकिपाले शिक्षा, स्वास्थ्य र क्रान्ति तथा परिवर्तनका लागि गरिरहेको योगदान महत्पूर्ण रहेको उल्लेख गर्दै क्रान्तिकारी लाल सलाम ब्यक्त गर्न चाहेको बताउनु भयो । कार्यक्रममा सांसद प्रेम सुवाल र विभिन्न क्षेत्रका साहित्यकार एवं दर्शकहरुको सहभागितामा २२ औं विविध भाषा साहित्य सम्मेलनमा विभिन्न भाषाभााषीका कवि तथा साहित्यकार कृष्णकुमार बैद्य, सुरेश श्रेष्ठ, मदन श्रेष्ठ, रामकृष्ण प्रजापति, आकाश मानन्धर, इन्द्रवहादुर वाइबा, वसन्ति नकर्मी लगायतका साहित्यकारहरुले आआफ्ना साहित्य वाचन गरेको सो कार्यक्रममा पाल्पाका कवि निर्मल श्रेष्ठले कविता जब निखारिन्त गीत वन्छ, गीत जब निखारिन्छ संगति बन्छ, संगति जब निखारिन्छ जीवन्त बन्छ । संस्कृति भनेको हाम्रो जीवन्तता हो । लुगा फेर्न सकिन्छ तर संस्कृति फेर्न सकिन्दैन भन्नु भयो । सरकार फेरीन्छ तथा सस्कृति फेरिन्दैन उहाँले भन्नु भयो ।
भक्तपुर रोलमोड जस्तो सभ्यताको स्कुल भएको बताउँदै पाल्पालीले इष्टिइन्डियासँग हतियारले भन्दा बुद्धिले लडेर जितेको ठाउँ भएको स्मरण गराउनु भयो । पूर्खाको सृजनालाई जोड्दै हामीले सभ्यता बनाएको उल्लेख गदैै उहाँले हाम्रो लवाई खवाई नै हाम्रो अमृत सम्पदा भएको र यसले नै हाम्रो परिचय दिइ रहेको बताउनु भयो । मातृ भाषा पहिचानसँग जोडिएको भए पनि स्थानीय भाषाले लेखेको कागजहरुलाई सरकारी कार्यालयहरुले मान्यता नदिएकाले भाषा हराउँदै गएको बताउनु भयो । मातृ भाषालाई सौद्यता दिने कार्यहरु गर्नुपर्ने बताउनु भयो ।
नेपाल भाषाका गन्तिहरु र शव्द एवं तरिकाहरु अरु भन्दा फरक छन् भन्दै म्हपुजा, किजा पूजा जस्तो चाडपर्वहरु प्रकृतिसँग जोडेर विज्ञान सहमत संस्कृति मनाउदै आएको बतउनु भयो । उहाँले खुट्टा दिएर बैशाखि लिएरको जस्तो मगन्ते नभई विचारले जितको इतिहासलाई जीवन्त राख्न आग्रह गर्नु भयो ।
भाषा साहित्य र कला संस्कृति जगेर्ना गरौं राष्ट्यि भावना बुलंध गरौं नाराका साथ नेपाल सम्वतको पहिलो दिन हुँदै आएको यसपालिको २२ औं विविध भाषा साहित्य सम्मेलन शिक्षक प्रमेजन श्रेष्ठले सञ्चालन गरेको थियो भने कार्यक्रम जुनमार्फत फेसबुक, सामाजिक सञ्जाल, रेडियो जनसञ्चार १०७ं.९ मेगाहर्ज, भादगाउँ टेलिभिजन लगायतका विभिन्न सामाजिक सञ्जालमाध्येमबाट प्रत्यक्ष प्रसारण भएको थियो ।











