मासु पसल अनुगमन

मासु पसल अनुगमन
भक्तपुर, ४ बैशाख । जिल्ला प्रशासन कार्यालय, भक्तपुरका यादव प्रसाद मिश्रको संयोजकत्वमा भक्तपुर नगरपालिका वडा नं ५ भगबत्ति स्थानमा कुहेको र बिग्रेको मासु बेचिरहेको गुनासोको आधारमा उक्त क्षेत्रमा मंगलबार मासु पसल अनुगमन भयो ।


अनुगमनमा अन्नपूर्ण कोल्ड स्टोरमा व्यवसाय दर्ता प्रमाणपत्र नभएकोले नगरपालिका र प्यानमा १५ दिन भित्र दर्ता गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो । त्यस्तै न्यू काभ्रेली कोल्ड स्टोरमा मुल्य सूचि राख्न निर्देशन दियो । त्यस्तै काभ्रेली मिट सपमा १५ दिन भित्र पसल प्यानमा दर्ता गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिएको भक्तपुर नगरपालिकाका वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा भक्तपुर नगरपालिकाका वडानिरिक्षक रामकृष्ण प्रजापति, उद्योग वाणिज्य कार्यालयका सुबोध अधिकारी, हरिदत्त जोशी, प्रहरी सहायक निरिक्षक राजन बनमाला, स्वास्थ्य कार्यालय भक्तपुरका उमेश सिङ्देलको सहभागी रहेको थियो ।