उपत्यकाकै उत्कृष्ट सहकारी भक्तपुर साकाेसले २४ औं स्थापना दिवस मनाउँदै

उपत्यकाकै उत्कृष्ट सहकारी भक्तपुर साकाेसले २४ औं स्थापना दिवस मनाउँदै
भक्तपुर, कार्तिक १८ गते
प्रजापति सहकारीको नामले स्थापना हुँदा जातियताको अर्थ लाग्ने भएपछि भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको नामले स्थापना भएको सहकारीले बुधबार २४ औं स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै कोरोना भाइरस संक्रमित भएको सदस्य समुदायलाई उपयोगी सामग्री वितरण गर्दै मनाउने भएको छ । साथै जेष्ठ नागरिकहरुलाई फलफूल तथा जेष्ठ सदस्य पोषण वितरण गरी मनाउने भएको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो संस्थाका गतविधि र सेवा सुविधाहरु बारे जानकारी दिएका हुन ।

स्थापनाको २४ वर्षसम्म आईपुग्दा काठमाण्डौ उपत्यकाकै उत्कृष्ट सहकारीको रुपमा विकास गरेको संस्थाको दाबी छ । यस अवधिमा भक्तपुर जिल्लाभर कार्यक्षेत्र बनाएर ७,४६८ जना सदस्य तथा १,२५५ बाल सदस्यबाट ९ करोड ९४ लाख २९ हजार ५सय शेयर पूँजीका साथ २ अर्व ७ करोड ६६ लाख १५ हखबजार ९६ रुपियाँ ऋण प्रवाह एवं २ अर्व २२ करोड ६२ लाख ७८ हजार ८१६ बचत संकलन गर्न सफल भएको बताएको छ । सो संस्थाले मंगलबारसम्ममा २ अर्व ५६ करोड ३९ लाख ६५ हजार ७५५ कारोबर गर्न सफल रहेको जनाएको छ ।
३६५ दिन नै कार्यालय सञ्चालन, संस्थाको आफ्नै सुविधा सम्पन्न कलात्मक २ वटा भवन, कम्प्यूटर प्रणालीबाट कारोबार, रेमिट्यान्स सेवा, बैंक ब्यालेन्स सो ब्यवस्था, असल ऋणीलाई ब्याजदरमा १ प्रतिशत छुट र समुदायमा आधारित सहकारीको विशेषता बनाएको अध्यक्ष बलराम प्रजापति सो अवसरमा बताए ।
अन्तर्राष्ट्यि बचत तथा ऋण सहकारी संघको सिद्धान्त एवं नेपाल सरकारको सहकारी ऐन २०४८ को अधिनमा रहि समुदायमा आधारित उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने संस्थाको परिकल्पना अनुसार सो संस्थाले समुदायबाट सदस्यहरुको आर्थिक, सांस्कृतिक, ब्यवहारिक, शैक्षिक तथा समाजिक क्षेत्रमा सदस्य आत्मनिर्भर गराउन सरल एवं सुलभ तरिकाबाट बचत तथा ऋणको कारोबार गरी आर्थिक रुपमा सबल बनाउनु संस्थाको ध्येय रहेको पनि बताए ।
संघका अध्यक्ष प्रजापतिले संख्यात्मक वृद्धि भन्दा गुणस्तरी सेवा दिने उदेश्यका साथ भक्तपुर जिल्लाका समुदायलाई सहुलियत दरमा ऋण तथा बचत सेवा दिन्दै आएको बताउनु भयो । जेष्ठ नागरिकका लागि आदर निकेटन समेत बनाउन तयारी गरेको उल्लेख गर्दै उहाँले भक्तपुर साकोस काठमाण्डौ उपत्यकाकै उत्कृष्ठ कारोवार गर्ने संस्थाको रुपमा विकास गरेको बताउनु भयो ।


सम्पदा निर्माण, सदस्य सहायता कोष, भूकम्प पीडित मृतक परिवारलाई आर्थिक सहयोग, शैक्षिक प्रमाण पत्र धितो ऋण, सहुलियत दरको रासायनिक मल वितरण, जेष्ठ नागरिक घरदैलो ब्याज वितरण सहित संस्थाले स्थापना काल देखि कृषि, खेलकूल, ब्यबसायिक, शैक्षिक, साँस्कृतिक, स्वास्थ्य लगायत विभिन्न सामाजिक गतिविधीहरु आयोजना गर्दै आएको बताउनु भयो ।
सहकारीको आर्थिक, सामाजिक, सांस्कृति तथा सामाजिक उत्तदरदायित्व बहन गरेका गतिविधिहरु जानकारी दिन्दै संस्थाका निर्वतमान व्यवस्थापक जगनाथ प्रजापतिले ऋणमा सस्तो र बचतमा बढी ब्याजदर प्रदान गर्दै सदस्यको आवश्यकता अनुसार संस्था संचालन प्रवर्धन हुँदै आएको बताउनु भयो । पछिल्लो चरणमा एक व्यक्ति एक सहकारी, सहकारी मर्जर अवधारण ब्यवहारिक नभएकाले यस विषयमा कुनै योजना नबनाएको बताउनु भयो । सदस्यलाई कोरोना विमा गर्ने विषयमा छलफल भएपनि सो विमा प्रभावकारी नभएकाले उपयोगमा नल्याएको उल्लेख गर्दै उहाँले बरु संक्रमित सदस्यलाई तातो न्यानो खानपिनको लागि सहयोग गर्ने तयारी गरेको बताउनु भयो । २४ औं स्थापना दिवसको अवसरमा भक्तपुर साकोसले कोरोना संक्रमित सदस्यहरुलाई पानी तताउने जग, हत वाटर ब्याग र हर्लिक्स वितरणको व्यवस्था गरेको बताउनु भयो । साथै जेष्ठ सदस्य पोषण आहार वितरण अन्तर्गत च्यावनप्रास, हलिक्स, सुगररफ्रि विस्कुट वितरण गर्ने पनि बताउनु भयो भने उहाँले बुधबार विहान ख्वप इन्जिनियरिग कलेज जाने बाटो च्याम्हासिंहमा रक्तदान कार्यक्रम आयोजना गर्ने बताउनु भयो । स्थापना दिवसको अवसरमा रक्तसञ्चार केन्द्रमा रगतको अभाब हुन नदिन सामाजिक उत्तदारयित्व बहन गर्दै बुधबार विहान रक्तदान कार्याक्रम आयोजना गर्न बताएको होे ।

भक्तपुर साकोसले स्थापनाकाल देखि समुदायका वरिष्ठ समाज सेवी, शिक्षा प्रेमी, साहित्यकार, कलाकार बाद्यवाधक, जेष्ठ नागरिक असल बचत तथा ऋणीहरुलाई सम्मान व्यक्त गर्दै ससाना ऋणी व्यवसायीलाई प्रोत्साहित गर्दै आएको अध्यक्ष प्रजापतिले भए ।
भक्तपुर नगरस्थित सूर्यमढीका प्रजापति समुदायको माटोको कामलाई उकास्न, यान्त्रिकरण गर्न प्रजापति सहकारीको रुपमा विकास गर्ने लक्ष्यका साथ ७ महिला सहित ४० जना साधारण सदस्यहरुको सक्रियतामा सो सहकारी विकास गरेको उहाँले बताए । संस्थाका लक्षित वर्गलाई विशेष प्राथमिकता दिदै सो सहकारीले समाजमा योगदान गर्दै आएको स्मरण गर्दै हाल सो संस्थामा जिल्लाका विभिन्न क्षेत्रका समुदाय सदस्यहरु रहेको बतउनु भयो ।
कोभिड संक्रमणपछि पुस महिनासम्म नियमित बचतमा जरिवाना छुट, ऋणमा ७ प्रतिश छुट तथा जरिवाना छुटको ब्यवस्था, पुनर्कजाको ब्यवस्था, लकडाउन अवधिभर भाखा नाघेको ऋणको विना शुल्क थप ४ महिना भाखा थपको व्यवस्था, सामुदायिक विकास कोष अन्तरगत भक्तपुर नगरपालिकालाई कोरोना पीडितको उपचारका लागि रु.११,११,१११ सहयोग गर्दै हाल कोरोना संक्रमित सदस्यलाई सामग्री वितरण गर्दै भक्तपुर साकोस स्थापना दिवस मनाउने बताए ।