तःमुज्याको पहिलो दिनः सामाज्यबादी शक्तिहरु नेपोलियन र हिटलर जस्तै एक दिन अत्य हुने :अध्यक्ष विजुक्छे
भक्तपुर, कार्तिक १३ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यमा नेपाल भाषा साहित्य तःमुज्या तथा सास्कृतिक ब्वज्याको ४० औं सृखलाको बुधबारबाट सुरु भएको छ | दुई दिने त: मुज्याको प्रमुख अतिथि अध्यक्ष बिजुक्छेले सामाज्यबादी शक्तिहरु नेपोलियन र हिटलर जस्तै एक दिन अत्य हुने विश्लेषण गर्दै भारत र अमेरिका मिलेर चीनलाई एक्लाउने दुष्प्रयास गरेकोमा त्यसकोे खण्डन गर्नु भयो । अध्यक्ष विजुक्छेले भानु भयो ‘सङ्ख्या र हतियारले नै जितिने भए मुसाेलिनी र हिटलरकाे अन्त्य हुनेनै थिएन ।’
विकसित देशहरुमा स्वास्थ्य उपचार निकै महगो भएको उल्लेख गर्दै उहाँले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाबाट भएको बताउनु भयो । साम्राज्यबादी देशहरुले जीवाणु युद्ध गर्न सकिने आफूले भन्दै आएको कुरा अहिले पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले विश्वभर फैलिएको कोरोना रोकथामका लागि सिमा नाका कडाइका साथ सिल गर्न सरकारलाई आग्रह गर्दा गर्दै सरकारको बेवास्ताका कारण विभिन्न देशबाट आएका संक्रमितहरुले देशभर संक्रमण फैलिएकोप्रति सरकार जिम्मेबार हुन नसकेको बताउनु भयो । कोरोना संक्रमण बढेपछि थप कदाइ गर्नुपर्ने बेला झन झन खुकुलो गरेर संक्रमण बढाउन सरकारले भूमिका खेलेको बताउनु भयो । नेमकिपा ठूलो पार्टी भएको भए कोरोना संक्रमण र यसले उब्जाएका समस्या, मानव ओसार प्रसार जस्ता अपराधहरु नियन्त्रणको जिम्मेबारी लिने उल्लेख गर्दै अध्यक्ष विजुक्छेले साहित्यमार्फत समुदायलाई यस्तो विषयहरुमा सचेतिकरण गर्नुपर्नेमा जोड दिनु भयो । राजनैतिक कार्यकर्ताहरुले यस बेला जनताको सेवा गर्न जुत्नुपर्नेमा जोड दिदै राजनैतिक कार्यकर्ताले चुनाव जित्नमात्र होइन जनताको सेवा गर्न सक्नुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं संसद प्रेम सुवाल, सिमाविद रतन भण्डारी, वरिष्ठ पत्रकार भैरव रिसाल, भक्तपुर नगरपालिकाका मेयर सुलिन प्रजापति, नेपाल क्रान्तिकारी सांस्कृतिक संघका अध्यक्ष एवं प्रदेश साँसद सुरेन्द्रराज गोसाई, प्रदेश साँसद सृजना सैंजू, पत्रकार समाजका अध्यक्ष अनुराधा थापा मगर, भक्तपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.सुमित्रा गौतम, शहीद धर्मभक्त अंग प्रत्यारोपन केन्द्रका प्रमुख डा. प्रेम ज्ञवाली, तःमुज्याका अध्यक्ष चन्द्रबहादुर उलक सहित विभिन्न क्षेत्रका विज्ञ एवं साहित्यकारहरुको अनलाई उपस्थितिमा बक्ताहरुले जनपक्षिय भाषा साहित्य बाचन तथा राजनैतिक, स्वास्थ्य, शिक्षा, वातावरणीय लगायत बिबिध विषयवस्तुहरुमा मन्तव्य राख्नु भएको थियो ।
तःमुज्याको पहिलो दिनमा कोभडि १९ले जनजीवनमा पारेको प्रभाव र रोकथामका विषयवस्तुहरुमा बढी जोड दिन्दै साहित्य बाचन भएको तःमुज्याका अध्यक्ष चन्द्रवहादुर उलकले बताउनु भयो । भक्तपुरका जनताको कारोना परीक्षण गराउँन भक्तपुर नगरपालिकाको विशेष पहलमा पीसिआर मेसिन झिकाउँदा पनि पाठपूर्जा नभएको कमसल पीसिआर मेसिन पठाएर सरकारले भक्तपुरका जनताको स्वास्थ्य परिक्षणमा खेलवार गरेको विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सो अवसरमा जानकारी दिनु भयो ।
राष्ट्रिय स्वाधिनता र सार्वभौकिता रक्षाका सावालहरु एवं राजनैतिक र कृतनीतिक विकृति र विसगतिहरु बारे सचेतना दिन्दै तःमुज्याको पहिलो दिने सम्पन्न गरेको थियोे । शिक्षक ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको सो तःमुज्या बुधबार दिउसो १ बजे देखि साँझ ७ बजेसम्म भएको थियो भने आज पनि दिउँसो एक बजेबाट तःमुज्या हुने अध्यक्ष उलकले बताउनु भयो । बहुसंख्यक तःमुज्याका दर्शक स्रोताहरु प्रविधिको पहुँचमा नपुगेकाले यसपालिको तःमुज्याको प्रस्तुती हेर्न नपाएको गुनासो आएको उल्लेख गर्दै तःमुज्याको पहिलो दिन ६ सय भन्दा बढीले प्रत्यक्ष अनलाईबाट हेरेको उहाँले बताउनु भयो ।
भक्तपुरका किसानले गरेको बाली कात्ने आन्दोलन, भपाई आन्दोलनको उपलब्धी मोहयानी हक भक्तपुरका किसानले मात्र पाउने गरी भूमि सुधार ऐन आएको प्रसंग जस्तै ४० वर्ष देखि तःमुज्याले ‘जनता बाँचे, भाषा बाँच्छ ‘ भन्ने भाषिक आन्दोलनलाई देशका अन्य जातजाती भाषाभाषीहरुले पनि सिको गर्नुपर्नेमा अध्यक्ष उलकले रेडियो जनसञ्चारको सन्दर्भ विचार रेडियो कार्यक्रम मार्फत जोड दिनु भयो । सरकारले नीति बनाएर मातृ भाषा संरक्षण नगरेसम्म भाषा संरक्षणमा चुनौती रहने उल्लेख गर्दै अध्यक्ष उलकले तःमुज्याको दोस्रो दिन पनि आज दिउँसो १ बजेबाट सुरु हुने बताउँदै पहिलो दिनमा झै दोस्रो दिन पनि अनलाइनबाट विभिन्न साहित्यकार तथा विषयविज्ञहरुको मन्तव्य प्रस्तुत हुने बताउनु भयो ।













