भक्तपुरका बिभिन्न क्षेत्रमा डुवान सुरु,

भक्तपुरका बिभिन्न क्षेछेत्रमा डुवान सुरु,
भक्तपुर, श्रावण ५ गते
अबिरल परेको पानीले भक्तपुरका हनुमन्ते खोलाका क्षेत्रहरु दुवानमा पर्न थालेको छ । राध्ये राध्येमा सामान्य रहे पनि यस भन्दा माथिका भागहरु विस्तारै डुबन थालेको इबामुरा अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जनाएको छ । अस्पताल परिसरमा पानी पस्ने संभावना छ । एक फिट मात्रै खोलाको पानीको बहाब बढ्यो भने पानी छिर्ने भएको उल्लेख गर्दै संभावित जोखिम व्यवस्थापनमा जुति रहेको उहाँले बताउनु भयो । इमरजेन्सी सेवा प्रभावित नहोस भनका लागि डुवान हुने क्षेत्रभन्दा माथि क्याप स्थापना गरिसकेको उहाँले बताए भने शिद्धिस्मृति महिला तथा बाल अस्पतालमा आज साँझ देखि पानी पस्न थालेको अस्पतालका व्यवस्थापक अनिल राजभण्डारीले जनाउनु भयो । अस्पताल परिसरमा पानी नपसोस भन्नका लागि खोला किनारामा ट्टबन्द बनाए पनि पानी पसेको उल्लेख गर्दै उहाँले संभावित जोखिम व्यवस्थापन गर्न थालेको बताउनु भयो । अस्पतालमा पानी पसेपछि वडा कार्यालयलाई खवर गरी जोखिम व्यवस्थापनमा जुति रहेको उहाँले बताए । अलिहे पसेको पानीले सेवा अवरुद्ध नभए पनि यो भन्दा बढी पानी पस्यो भने सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक तयारीमा रहेको उहाँले बताए ।

This image has an empty alt attribute; its file name is 116010481_286864809075956_9131770315252181737_n-1.jpg This image has an empty alt attribute; its file name is 115990943_307155083808051_1279618322000388083_n-1.jpg

भक्तपुर नगरको बाराही स्थानको खोलामा भने विहान देखि पानीको बहाव बढेको थियो । बहाबले बाराहीस्थान तथा राम मन्दिर परिसर पानीले भरिन थालेको थियो भने थिमी, दधिकोटका अनुमन्ते खोला क्षेउहरु पनि डुवानमा पर्न थालेको छ । आज राती थप पानी परे भक्तपुरका विभिन्न क्षेत्रमा डुवानमा पर्ने निश्चित झै भएकाले प्रभावितहरुले तयारी गर्न थालेको छ । खोल छेउ छाउमा रहेका विद्यालय, कलकारखाना, घर तहराहरु प्रभावित भएका हुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिनसम्म पानी परिरहने पूर्वानुमान गरेको छ । मौसमविद गंगा नगरकोटीका अनुसार काठमाण्डौ उपत्यका सहित देशका अधिकास भागमा वर्षा भइरहेको जनाएको छ । कही भारी वर्षा र कहिल मध्यम बर्षा भइरहेको जनाउको छ । न्यूनचापिय रेखा नेपाल नजिक रहेकाले तत्काल पानी पर्ने रोकीने संभावना नभएको पनि उहाँले जनाएको छ । यता भक्तपुर जिल्ला विपद् व्यवस्थपन समितिले भने मौसुन सुरु भए देखि विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति एवं सामग्रीहरु तयारी अवस्थामा राखेको जनाएको छ । विपद् पूर्वतयारी र जोखिम व्यवस्थापनमा जुतिरहेको रेडक्रस भक्तपुरले पनि जिल्लाका जोखिम पहिचान गरिएका क्षेत्रहरुमा रेडक्रसका तालिम प्राप्त स्वयंसेवकहरुलाई परिचालनको तयारीमा राखेको मन्त्री पर्शुराम पाण्डेले जनाएको छ । जल तथा वायु मापन गर्ने सयन्त्र भक्तपुरमा नभएकाले कति पानी पर्दा डुवान हुन्छ भन्न सकिने अवस्था नभएकाले प्रभावित हुन सक्ने क्षेत्रका समुदायलाई सचेतना दिदै विपद् भएको खवर पाउने बितिकै उद्धार र सहयोग गर्ने तयारीमा रहेको मन्त्री पाण्डेले जनाउका छनु ।