भक्तपुरका २२.६४ प्रतिशत परीक्षणमा कोरोना पोजेटिभ

भक्तपुरका २२.६४ प्रतिशत परीक्षणमा कोरोना पोजेटिभ
भक्तपुर, असोज २८ गते
भक्तपुरमा कोरोना संक्रमितको संख्या ३६२८ पुगेको छ । २०४८ पुरुष र १५८० महिला गरी ३६२८ जनामा संक्रमण फैलि सकेको उल्लेख गर्दै स्वास्थ्य कार्यालय भक्तपुरले संक्रमितहरु मध्ये १०७९ पुरुष र ८२० महिला गरी १८९९ जना कोरोना मुक्त भएको पनि जनाएको छ । कार्यालय प्रमुख कृष्णवहादुर मिजारका अनुसार हाल सक्रिय संक्रमित ९३९ पुरुष र ७४८ महिला गरी १६८७ जना रहेका छन् भने कोरोना संक्रमण पुष्टि भएका ३० पुरुष र १२ महिला सहित ४२ जनाको निधन समेत भइसकेको छ । भक्तपुरमा कोरोना संक्रमितको मृत्यु दर १.१५ छ भने संक्रमण मुक्त हुनेको प्रतिशत ५२.३४ रहेको छ । १५हजार ७९९ को पीसिआर परीक्षण गर्दा ३५७८ जना संक्रमित भएको स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांग अनुसार परीक्षणको २२.६४ प्रतिशतमा पोजेटिभ देखिएको छ ।
संक्रमितहरु हाल २०० पुरुष र ११९ महिला गरी ३१९ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ७३९ जना पुरुष र ६२९ जना गरी १३६८ जना होम आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितहरु मध्ये १९ प्रतिशत संस्थागत आइसोलेसनमा र ८१ प्रतिशत संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
भक्तपुरमा कोरोना संक्रमित भएका र संक्रिय संक्रमितहरुमा ५६ प्रतिशत पुरुष र ४४ प्रतिशत महिला रहेका छन् ।
भक्तपुरमा क्रियाशिल १९९ महिला र ६९ पुरुष गरी २६८ स्वास्थ्यकर्मी तथा ३० महिला र २४४ पुरुष सुरक्षाकर्मीहरु समेत कोरोना संक्रमित भएको उल्लेख गर्दै स्वास्थ्य कार्यालय भक्तपुरले संक्रमितहरु मध्ये ४३० महिला र ५६२ गरी ९९२ जनामा कोरोनाको लक्षण समेत देखिएको जनाएको छ ।

Case Details upto Asoj 27
Total Cases Recovered Cases
S.N Municipality Male Female Total S.N Municipality Male Female Total
1 Bhaktapur Municipality 519 462 981 1 Bhaktapur Municipality 294 267 561
2 Changunarayan Municipality 229 130 359 2 Changunarayan Municipality 125 65 190
3 Madhyapur Thimi Municipality 733 587 1320 3 Madhyapur Thimi Municipality 418 332 750
4 Suryabinayak Municipality 538 382 920 4 Suryabinayak Municipality 242 156 398
5 Others 29 19 48 5 Others 0 0 0
Total 2048 1580 3628 Total 1079 820 1899
Active Cases Death cases
S.N Municipality Male Female Total S.N Municipality Male Female Total
1 Bhaktapur Municipality 214 190 404 1 Bhaktapur Municipality 11 5 16
2 Changunarayan Municipality 103 65 168 2 Changunarayan Municipality 1 0 1
3 Madhyapur Thimi Municipality 303 250 553 3 Madhyapur Thimi Municipality 12 5 17
4 Suryabinayak Municipality 290 224 514 4 Suryabinayak Municipality 6 2 8
5 Others 29 19 48 5 Others
Total 939 748 1687 Total 30 12 42
Hospital Isolation Home Isolation
S.N Municipality Male Female Total S.N Municipality Male Female Total
1 Bhaktapur Municipality 62 35 97 1 Bhaktapur Municipality 152 155 307
2 Changunarayan Municipality 30 9 39 2 Changunarayan Municipality 73 56 129
3 Madhyapur Thimi Municipality 61 40 101 3 Madhyapur Thimi Municipality 242 210 452
4 Suryabinayak Municipality 47 35 82 4 Suryabinayak Municipality 243 189 432
5 Others 0 0 0 5 Others 29 19 48
Total 200 119 319 Total 739 629 1368