भक्तपुरमा थपिए १०२ जना संक्रमित………..

भक्तपुरमा थपिए १०२ जना संक्रमित

भक्तपुर, असोज २८ गते
पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लाका १०२ जना सहित २ हजार ६३८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संक्रमणसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनु भयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ पीसीआर परीक्षण गर्दा २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार १७४ जना निको भएको उल्लेख गर्दै प्रवक्ता गौतमले कोरोना जित्नेको संख्या ८० हजार ९५४ पुगेको बताउनु भयो । अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेका छन् । संक्रमितहरु उपचारका लागि संस्थागत आइसोलेसनमा १४ हजार ८१९ र होम आइसोलेसनमा २१ ह्जार ५४८ जना रहेका छन् । ५ सय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरुमा काठमाण्डौ उपत्यकाका ३ वटा जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका साथै मोरंग, सुन्सरी, मकवानपुर, सुर्खेत, चितवन, बाँके, दांग र रुपन्देही रहेका छन् ।
काठमाण्डौ उपत्यकाका तीन जिल्लामा आज एक्कै दिन १ हजार ४०३ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु काठमाण्डौ जिल्लाका मात्रै ९९६ जना, ललितपुरका ३०५ र भक्तपुरका १०२ जना रहेका छन् ।