भक्तपुरका २ जना सहित २२ संक्रमितको मृत्यु, १,५५२ कोरोना मुक्त
भक्तपुर, असोज २५ गते
भक्तपुरका दुई जना सहित देशभर आज २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भक्तपुरका ४४ वर्षीय र ५७ वर्षीय दुई संक्रमितको उपचारको क्रममा मृत्यु भएका हुन भने देशभर ५ महिला १७ पुरुष गरी २२ जनाको निधन भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएको हो । योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पीसिआरमा २ हजार ७१ थप कोरोना संक्रमित भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै आज १ हजार ४१६ जना संक्रमित भएका हुन । १२ हजार ४२७ जनाको पीसीआर परिक्षण गर्दा ७०२ महिला र १३६९ पुरुष गरी २ हजार ७१ संक्रमित थपिएका हुन भने पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना मुक्त भएका छन् । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । अहिले सक्रिय संक्रमित ३१ हजार २ सय १५ जना आइसोलेसनमा उपचारमा छन् । क्वारेन्टिनमा भने ४ हजार ६ सय १३ जना छन् । आइसियूमा ३२९ र भेन्टिलेटरमा ७६ जना छन् ।
५ सय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरु मोरंग, सुन्सरी, काठमाण्डौ भक्तपुर, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत हुन भने कोरोना सून्य जिल्ला मुस्तांग र मनांग रहेको छ ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












