भक्तपुरका २ जना सहित २२ संक्रमितको मृत्यु, १,५५२ कोरोना मुक्त
भक्तपुर, असोज २५ गते
भक्तपुरका दुई जना सहित देशभर आज २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भक्तपुरका ४४ वर्षीय र ५७ वर्षीय दुई संक्रमितको उपचारको क्रममा मृत्यु भएका हुन भने देशभर ५ महिला १७ पुरुष गरी २२ जनाको निधन भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएको हो । योसँगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पीसिआरमा २ हजार ७१ थप कोरोना संक्रमित भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै आज १ हजार ४१६ जना संक्रमित भएका हुन । १२ हजार ४२७ जनाको पीसीआर परिक्षण गर्दा ७०२ महिला र १३६९ पुरुष गरी २ हजार ७१ संक्रमित थपिएका हुन भने पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना मुक्त भएका छन् । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । अहिले सक्रिय संक्रमित ३१ हजार २ सय १५ जना आइसोलेसनमा उपचारमा छन् । क्वारेन्टिनमा भने ४ हजार ६ सय १३ जना छन् । आइसियूमा ३२९ र भेन्टिलेटरमा ७६ जना छन् ।
५ सय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरु मोरंग, सुन्सरी, काठमाण्डौ भक्तपुर, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत हुन भने कोरोना सून्य जिल्ला मुस्तांग र मनांग रहेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













