भक्तपुरमा सार्वजनिक यातायातहरू भदौ ३१ गते सम्मका लागि बन्द हुने, सुरक्षा नीति अपनाएर व्यवसाय सञ्चालिन गरिने
२०७७ भदौ २५ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरूसँग मंगलबार सार्वजनिक यातायात बन्द गर्ने विषयमा बैठक बस्यो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौंको संख्यामा संक्रमितहरू बढिरहेको र भक्तपुर नगर क्षेत्रमा २ सय १३ जनाभन्दा बढी संक्रमित भइसकेको अवस्था छ ।
सोही विषयलाई ध्यानमा राखी आज बसेको बैठकले मिति २०७७ भदौ २४ गते उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय भए तापनि भक्तपुरमा पैmलिंदै गएको कोरोना संक्रमणको विषम परिस्थितिमा कोरोनाको संक्रमण समुदायस्तरसम्म पैmलिन नदिन भक्तपुर नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू आज मिति २०७७ भाद्र २५ गतेदेखि भाद्र ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय ग¥यो ।
त्यसलगत्तै नगर प्रमुख प्रजापतिकै अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले जिल्ला प्रशासन कार्यालय भक्तपुरले तोकिएको समयमा व्यवसायीहरूले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्न आ–आप्mनो तर्पmबाट पहल गर्ने निर्णय गरियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...














