काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएका १ सय ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी भएका कारण प्रहरीले यसमा संलग्न व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ, मातहतका वृत्तहरू, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका टोलीले पक्राउ गरिएका व्यक्तिहरूको वर्गीकरण गर्ने काम गरिरहेको जनाइएको छ । एसपी अपिलराज बोहोराका अनुसार, अनुसन्धानका क्रममा हालसम्म १ सय ६ जनालाई पक्राउ गरिएको छ । रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायतका केही प्रमुख व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । आज ललितपुरबाट धर्मगुरू पुष्कर खतिवडालाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार, सामाजिक सञ्जालमा आएका फोटो र भिडिओहरूको आधारमा पनि संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । केही व्यक्तिहरू भने घरबाट भागिसकेका छन् र उनीहरूको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको जानकारी दिएको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...













