काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएका १ सय ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी भएका कारण प्रहरीले यसमा संलग्न व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ, मातहतका वृत्तहरू, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका टोलीले पक्राउ गरिएका व्यक्तिहरूको वर्गीकरण गर्ने काम गरिरहेको जनाइएको छ । एसपी अपिलराज बोहोराका अनुसार, अनुसन्धानका क्रममा हालसम्म १ सय ६ जनालाई पक्राउ गरिएको छ । रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायतका केही प्रमुख व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । आज ललितपुरबाट धर्मगुरू पुष्कर खतिवडालाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार, सामाजिक सञ्जालमा आएका फोटो र भिडिओहरूको आधारमा पनि संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । केही व्यक्तिहरू भने घरबाट भागिसकेका छन् र उनीहरूको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको जानकारी दिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













