आज कोरोना अपडेटः ९ सय ७९ थप संक्रमित, ११ को मृत्यु, १७३६ कोरोना मुक्त

आज कोरोना अपडेटः ९ सय ७९ थप संक्रमित, ११ को मृत्यु, १७३६ कोरोना मुक्त
भक्तपुर, भाद्र २२गते
काठमाण्डौ उपत्यकामा आज ३ सय २६ जना सहित देशभर ९ सय ७९ कोरोना संक्रमित थपिदा १ हजार ७ सय ३६ जना कोरोना मुक्त भएका छन् । योसँगै संक्रमित निको हुनेको संख्या ३०हजार ६७७ पुगेको छ । संक्रमण निको हुनेको दर ६५ प्रतिशत रहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २५९ रहेका छन् । देशभर संक्रमितको संख्या भने ४७ हजार २३६ पुगेको छ । आज थप ११ जनाको मृत्यु हुँदा कोरोनाबाट मुत्यु हुनेको संख्या ३ सय पुगेको छ । अहिले आइसोलेसनमा १६ हजार २५९ रहेका छन् । क्वारेन्टिनमा ४ हजार ७३९ छन् ।
काठमाण्डौ उपत्यकामा १०२ महिला र १९१ पुरुष सहित २९३, ललितपुरमा ७ महिला र १३ पुरुष सहित २० जना र भक्तपुरमा ६ महिला र ७ पुरुष सहित १३ जना गरी कुल ३ सय २६ जना थप संक्रमितहरु भएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या ८ हजार ५ सय ८० नाघेका छन् । गत २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।