आजै उठायो, आजै ढाल्यो ।
भक्तपुर, बैशाख १ गते
भक्तपुरको ऐतिहासिक विस्का जात्रा अन्तर्गत महत्वपूर्ण पर्वको रुपमा रहेको योसी द्यः(लिंगों ) थानेगु व क्वथेगु (उठाउने र ढाल्ने) जात्रा यस वर्ष एकै दिन सम्पन्न गरेको छ । हरेक वर्षको अन्तिम दिन योसिं द्यः उठाउने परम्परा रहे अनुसार चैत्र ३१ गते योसिं द्यः (लिंगो) उठाउने भरपूर प्रयास भएको थियो । रातभरको प्रयास पनि विफल भएपछि आज विहान देखिको प्रयास स्वरुप दिउँसो १ बजेर २१ मिनेटको समयमा लिंगो उठाउन सफलता पाएको थियो । जात्रालुसँगै सेना, प्रहरी र विभिन्न टिम क्लवका स्वयवसेवहरुको सक्रियतामा यस वर्ष ढिला भएपनि लिंगो ढाल्ने दिन नै लिंगो उठाएका हुन । हसे हाईसेको ताल मिल्ने बितिक्कै जुक जुक योसिं द्यः (लिंगो) उठेर आउँदाको माहोल र रौनक बेजोडको हुन्थ्यो । यस्तो कयौं रौनकहरु पार गर्दै अन्तत नयाँ वर्षको पहिलो दिन दिउँसो मात्रै यस वर्ष लिगो उठाउन सफलता मिलेको थियो ।
लिंगो उठाएपछिको खुसियाली, नाँगचान पश्चात आज साँझ विधिवूर्वक लिंगो ढालिएको छ । नयाँ वर्षको पहिलो दिन साँझ योसिं द्यः (लिंगो)लाई न्हलं ब्वाक (निदाउन दिएर) परम्परा अनुसार ढालेको हो । लिंगो ढालेसँगै विस्का जात्राको एक महत्वपूर्ण जात्रा सम्पन्न भएको छ । सोही अवसरमा भैलखः (भैरवनाथ) र नकिंजू खचाः (भद्रकालीको रथ) योसिंखेलबाट तानेर खलामा जुडाउने परम्परा छ । सोही परम्परा पनि आज लिंगो ढाल्ने कार्य सम्पन्न भएसँगै पूरा गरेको छ । मुख्य जात्रासम्पन्न भएसँगै चैत्र २ गते देखि स्थानीय जात्राहरु धुमधामले मनाउने परम्परा रहि आएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













