आजै उठायो, आजै ढाल्यो ।
भक्तपुर, बैशाख १ गते
भक्तपुरको ऐतिहासिक विस्का जात्रा अन्तर्गत महत्वपूर्ण पर्वको रुपमा रहेको योसी द्यः(लिंगों ) थानेगु व क्वथेगु (उठाउने र ढाल्ने) जात्रा यस वर्ष एकै दिन सम्पन्न गरेको छ । हरेक वर्षको अन्तिम दिन योसिं द्यः उठाउने परम्परा रहे अनुसार चैत्र ३१ गते योसिं द्यः (लिंगो) उठाउने भरपूर प्रयास भएको थियो । रातभरको प्रयास पनि विफल भएपछि आज विहान देखिको प्रयास स्वरुप दिउँसो १ बजेर २१ मिनेटको समयमा लिंगो उठाउन सफलता पाएको थियो । जात्रालुसँगै सेना, प्रहरी र विभिन्न टिम क्लवका स्वयवसेवहरुको सक्रियतामा यस वर्ष ढिला भएपनि लिंगो ढाल्ने दिन नै लिंगो उठाएका हुन । हसे हाईसेको ताल मिल्ने बितिक्कै जुक जुक योसिं द्यः (लिंगो) उठेर आउँदाको माहोल र रौनक बेजोडको हुन्थ्यो । यस्तो कयौं रौनकहरु पार गर्दै अन्तत नयाँ वर्षको पहिलो दिन दिउँसो मात्रै यस वर्ष लिगो उठाउन सफलता मिलेको थियो ।
लिंगो उठाएपछिको खुसियाली, नाँगचान पश्चात आज साँझ विधिवूर्वक लिंगो ढालिएको छ । नयाँ वर्षको पहिलो दिन साँझ योसिं द्यः (लिंगो)लाई न्हलं ब्वाक (निदाउन दिएर) परम्परा अनुसार ढालेको हो । लिंगो ढालेसँगै विस्का जात्राको एक महत्वपूर्ण जात्रा सम्पन्न भएको छ । सोही अवसरमा भैलखः (भैरवनाथ) र नकिंजू खचाः (भद्रकालीको रथ) योसिंखेलबाट तानेर खलामा जुडाउने परम्परा छ । सोही परम्परा पनि आज लिंगो ढाल्ने कार्य सम्पन्न भएसँगै पूरा गरेको छ । मुख्य जात्रासम्पन्न भएसँगै चैत्र २ गते देखि स्थानीय जात्राहरु धुमधामले मनाउने परम्परा रहि आएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













