खेलकुद संघहरुमा राजनीतिक हस्तक्षेप……….
भक्तपुर, २९ श्रावण ।
भक्तपुर जिल्ला बक्सिड्ड संघको आयोजनामा नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष श्री अर्जुबहादुर के.सी. राष्ट्रिय खेलकुद परिषदमा सदस्य पदमा मनोनयन सफल भएको शुभकामना तथा बधाई कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नगर खेलकुद समितिका पूर्व संयोजक का.उकेश कवा“को प्रमुख आतिथ्यतामा ड्रिमल्याण्ड रेष्टुरेन्ट गपलीमा एक समारोहबीच बिहिबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् ७ नं वडाका अध्यक्ष उकेश कवा“ले जीवनलाई खेलकुदमा समर्पित व्यक्तित्वलाई सम्मान गर्न पाउ“दा गर्व लागेको बताउनु भयो । उहा“ले सार्वजनिक पद धारण गरेका व्यक्ति, गुट उपगुट वा कुनै पार्टी विशेषको नहुने भएकोले उक्त पदमा बस्नेले भेदभावरहित सबै खेलको संरक्षकको रुपमा काम गर्नु पर्ने बताउनु भयो । उहा“ले पदमा बसेर विदेश भ्रमण जाने पैसाको लोभमा काम गर्न नहुने बताउ“दै पदमा बसेपछि बाधाअड्चन आउने तर त्यसलाई पन्छ्याएर देश र जनताको सेवामा काम गर्नु पर्ने बताउनु भयो । उहा“ले विदेशीहरुको दलाल कै कारण देशमा समस्या देखिएको र सत्तामा गएका नेताहरु विदेशी दलाल भएका कारण
देशको सीमा मिचेको बताउनु भयो । उहा“ले एमसिसिको विरोध गर्नुपर्ने किनकी नेपालमा लगानी गर्न भारतको स्विकृति चाहिने बु“दाले भारतीय विस्तारवादको विरोध गर्नु पर्ने बताउनु भयो । उहा“ले पैसाको बलमा सत्ता टिकाउने, अरुलाई थिचोमिचो गर्ने प्रबृतिको विरोध गर्नु पर्ने बताउ“दै पू“जीपतिहरुको शासन विरुद्ध मजदुरहरुले शासन सत्ता कब्जा गरी संसारलाई बाटो देखाएको बताउनुभयो । उहा“ले दास विद्रोह भएपनि अहिले दास मानसिकताले काम गर्दा अवसरवादी हु“दा सत्यको पक्षमा आवाज उठाउन नसकेको बताउनु भयो । उहा“ले ईमान्दार र सक्षम भई पक्षपाट रहित तरिकाले न्यायचित संघर्ष र सत्यको पक्षमा काम गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय र अन्तराष्ट्रिय खेल खेलेका खेलाडीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी हुने पर्ने माग ऐनमा आएपनि खेलको प्रमाणपत्रलाई शैक्षिक प्रमाणपत्र सरह मान्यता दिई खेलाडीहरुलाई रोजगारीको सृजना गर्नु पर्ने बताउनु भयो । उहा“ले खेलकुदमा रंगशाला बनाउने भन्दै डिपिआरको लागि भनि लाखौैंलाख भ्रष्ट्राचार भइरहेकोले, खेलकुद संघहरुमा राजनीतिक हस्तक्षेप भएको, लोकतन्त्रको अभ्यास गर्न नदिएको, टिके र मानोनित गरी संघहरु चलाउने गरेकोले खेलकुदको विकास नभएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल बक्सिङ संघका उपाध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुन बहादुर के.सी.ले भक्तपुर बक्सिङ संघ विधिवत तरिकाबाट अधिवेशन भएकोले रामकृष्ण प्रजापतिको अध्यक्षतामा रहेको संघले नै मान्यता प्राप्त हो भन्नुभयो । उहा“ले बैधानिक रुपमा जिल्ला खेलकुद समिति, राष्ट्रिय खेलकुद परिषद, नेपाल बक्सिङ संघका पदाधिकारीहरु आई अधिवेशन मार्फत विधिवत तरिकाले काम गरेको संघलाई मान्यता नदिए कोठा भित्र दुई चार जना बसी टिका लगाएकोलाई कसरी मान्यता दिन सकिन्छ भन्नुभयो । उहा“ले सबै खेलाडीहरु समेटर कार्य गरे बक्सिङ विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनु भयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष गौतम सुजखु, जिल्ला कोषाध्यक्ष लक्ष्मी प्रसाद दुवालले पनि बोल्नु भएको थियो । उक्त कार्यक्रमा प्रमुख अतिथि उकेश कवा“ले बधाईका पात्र अर्जुन बहादुर के.सी.लाई बधाई पत्र र फुलको मालाले सम्मान गर्नुभएको थियो ।
भक्तपुर जिल्ला बक्सिङ संघ
बधाई कार्यक्रम
-राम कृष्ण प्रजापति, अध्यक्ष
यस नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष श्री अर्जुबहादुर के.सी. राष्ट्रिय खेलकुद परिषदमा सदस्य पदमा मनोनयन सफल भएको शुभकामना तथा बधाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व नगर खेलकुद समितिका संयोजक का.उकेश कवा“, मञ्चमा आसिन नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष श्री अर्जुबहादुर के.सी., नेपाल बक्सिड्ड संघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखु तथा यहा“ उपस्थित सम्पूर्ण संघका पदाधिकारी साथीहरु, प्रशिक्षक एवम् खेलाडि र खेल प्रेमी साथीहरुमा न्यानो अभिवादन ।
यस कार्यक्रम सफल बनाउन उपस्थित हुनु भएका प्रमुख अतिथि, अतिथि र सम्पूर्ण सहभागीहरुमा आयोजकको तर्फबाट मुरिमुरी धन्यवाद दिन चाहन्छु ।
यस नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष श्री अर्जुबहादुर के.सी. राष्ट्रिय खेलकुद परिषदमा सदस्य पदमा मनोनयन सफल भएको कार्यकालको सफलताको शुभकामना तथा बधाई गर्दछु । साथै खेलकुद विकासमा सदैब लागि रहन सकोस साथै खेलकुद मार्फत देश र जनताको सेवा समेत समर्पित हुन सकुन भनि शुभकामना व्यक्त गर्दछु ।
आजका सम्मानित व्यक्तित्व अर्जुन बहादुर के.सी. विगत लामो समयदेखि खेलकुद क्षेत्रमा निरन्तर लागि रहनु भई आज देशको उच्चो तह खेलकुद विकासको निम्ति एकदम महत्वपूर्ण स्थान राष्ट्रिय खेलकुद परिषदमा पुग्न सफल भएको छ । आशा छ उहा“ले पक्षपात रहित तरिकाले खेलकुद विकास र जिल्ला बक्सिङ संघहरु विकासमा लागि रहने छ ।
नेतृत्व भनेको पद होइन काम हो । तर अहिले नेपाल बक्सिङ संघमा भएको विवादहरु पत्रपत्रिका मार्फत सडकमा पुगिरहेको छ । यसले बक्सिङलाई निरुत्साहित बनाउन छ र बक्सिङ विकासमा बाधक बन्न जान्छ । त्यसैले एउटा भनाई पनि छ मिर खोटा हे तो जमिर खोटा अर्थात नेतृत्व सबल र सक्षम भएन भने व्यवस्थित संचालनमा समस्या हुने भएकोले सबैलाई समेतर कार्य गर्दा राम्रो हुने साथै पारदर्शी ढंगले अगाडि बढे झन राम्रो हुने र सबैको विश्वास जित्न सक्ने हुन्छ । त्यसैले अब बक्सिङ संघमा अर्जुन सरहरुको नेतृत्वको खा“चो भई सकेको महशुस भएको छ ।
अहिले देशमा कोरोनाको भयावह स्थिति छ । यसबाट बच्न एउटै उपाय भनेको समाजिक दुरी कायम गरी माक्स, पञ्जा, श्यानिटाइजर प्रयोग र साबुन पानीले बीस सेकेण्डसम्म मिचिमिचि हात धुने हो । साथै प्रतिरोधात्मक क्षमता बनाई राख्ने हो । त्यसैले खेलाडीहरुले आफ्नो कसरत र अभ्यासलाई निरन्तरता दिई राखेकामा आत्मबल बलियो भई कोरोनाबाट बच्न सक्ने भएकोले निरन्तर ट्रेनिड्डको लागि अनुरोध गर्दै आजको यो कार्यक्रम सफल बनाई दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।
बक्सिङ संघको नारा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ रहेको छ । त्यसैले खेलकुद मार्फत देश र जनताको सेवामा इमान्दार पूर्वक समर्पित भई लाग्नु नै आजको कार्यक्रमको उपलब्धि हुनेमा आशावादी छु र कार्यक्रम पनि यहि सकेको अनुरोध गर्दछु । धन्यवाद !















