राज्यले पत्रकारलाई उपेक्षा गरेको प्रेस यूनियनको आरोप

राज्यले पत्रकारलाई उपेक्षा गरेको प्रेस यूनियनको आरोप 

भक्तपुर, श्रावण २९ गते
कोरना भाइरस संक्रमण जोखिमको बेला पनि अग्रपक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारहरुलाई राज्यले उपेक्षा गरेको भन्दै नेपाल प्रेस यूनियन भक्तपुरले पत्रकारहरुका लागि क्यानिटाइजर, सर्जिकल मास्क र पन्जा वितरण गरको छ । कोरना भाइरसको विषम परिस्थितिमा सरकार सत्ता बचाउन मात्र लागि परेको टिप्पणी गर्दै यूनियनका वरिष्ठ पत्रकार कविर राणाले संकटमा पत्रकारको सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरेको उल्लेख गर्दै जनताको मर्मलाई बुझेर काम गर्न सके मात्र जनप्रिय हुन सक्ने आशय ब्यक्त गर्नु भयो ।


देशभरका पत्रकारहरुको स्वास्थ्य सुरक्षाको लागि साँकेतिक रुपमा स्वास्थ्य सामग्री वितरण अभियान सञ्चालन गर्दै आएको बताउँदै नेविसंघका महामन्त्री बलदेब तिमल्सेनाले विश्वव्यापी कोरना संकटमा पनि सरकार सम्बेदनशिल हुन नसकेको बताउनु भयो । संकटमा सरकार जिम्मेबारीबाट पन्छिन नमिल्ने उल्लेख गर्दै उहाँले राजनैतिक विकृति विसंगतिको विरोधमा आफू लागि परेको बताए । प्रेस यूनियन भक्तपुरका अध्यक्ष रोशन शिल्पकारको सभापतित्वमा भएको सो कार्यक्रम यूनियन भक्तपुरका सुन्दर शिल्पकारले सञ्चालन गरेको थियो । सो अवसरमा सहभागि पत्रकारहरुलाई सर्जिकल मास्क, पन्जा र स्यानिटाइजर वितरण गरेको थियो ।