मध्यपुर थिमीमा कोरोना संक्रमतिको मृत्यु, नागरिक अस्पताल सिल

मध्यपुर थिमीमा कोरोना संक्रमतिको मृत्यु, नागरिक अस्पताल सिल

भक्तपुुर,भाद्र १२ गते
कोरोना संक्रमितको मृत्युपश्चात मध्यपुर थिमीस्थित गठ्ठाघरको नागरिक समुदायिक अस्पताल सिल गरेको छ । उपचार गर्न नपाँदै भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको नागरिक अस्पतालले जनाएको छ । उच्च रक्तचाप भएकी, ज्वरो आएकी, वान्ता भएकी मध्यपुर थिमी नगरपालिका ३ की ६२ वर्षीय महिला अचेत अवस्थामा उपचारको लागि बिहिबार राती अस्पताल ल्याउनेक्रममा मृत्यु भई सकेको भन्दै थप उपचार गर्न नपाएको अस्पतालले जनाएको छ । घरमै बेहोस भएपछि अस्पताल ल्याएका भनिएका ति महिलाको मृत्युपछि स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएका हुन ।


कोरोना संक्रमित शव व्यवस्थापनका लागि भने नेपाली सेनाको बीरदर गणका शव व्यवस्थापन टिमलाई जिम्मा दिएको छ । अस्पतालमा ल्याएका विरामीको मृत्यु पछिको कोरोना परीक्षण पोजोटिभ भएपछि शनिबारसम्मको लागि अस्पताल सिल गरेको छ । अस्पताललाई निर्मलिकरण पश्चात आईबारबाट मात्रै अस्पताल खेलिने भएको छ ।