शनिबार १०९मा कोरना संक्रमण,
१७ वर्षिय महिला पनि कोरनाका कारण मृत्यु
काठमाडौं, श्रावण १० गते
शनिवार १०९ जनामा कोरना संक्रमण पुष्टि भएका छन् भने १७ वर्षिय एक महिला कोरनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वासप्रश्वास सम्बनिध समस्या भएककी ती महिलामा पातलो दिसा लागेको समेत लक्षण देखिएको बताएको छ । यो सँगै नेपालमा कोरना संक्रमण भएर मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शनिवार पुष्टि भएकी बाराको परवानीपुर ४ निवासी १७ वर्षिय महिला हुन ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार शनिवार साँझसम्म १०९ जनामा कोरना संक्रमित थपिएको जनाएको छ भने १०६ जनाले कोरना जितेका छन् । योसँगै कोरना जित्नेहरुको संख्या १३ हजार ५३ जना भएको छ । भने अहिलेसम्म कोरना संक्रमतिको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।














