नशाको लतदेखि सावधानी बारे शिक्षकहरसँग वि‌‍ज्ञको अन्तरक्रिया

नशाको लतदेखि सावधानी बारे शिक्षकहरसँग वि‌‍ज्ञको अन्तरक्रियामा समाजमा नै नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह हुने र यसको सामना सबले सचेत सजग र अति गम्भीर भएर गर्न आवश्यक भएको कुरा बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले औंल्याउनुभयो ।

शिक्षकहरुको संगठन इशानद्वारा भक्तपुर, ख्वप छेँमा चैत्र २८ गते ३-५ बजे शिक्षकहरूका लागि सम्पन्न अन्तरक्रियामा प्रा.डा. शाक्यले नशालु, मादक, लागू पदार्थको सेवनबाट पैदा हुने लत, मानसिक, स्नायु लगायत अरु शारीरिक समस्याहरुको बारेमा चर्चा गर्दै ब्यवस्थापनका विविध पक्षमा प्रकाश पार्नुभयो । यसको रोकथाम, उपचार, पुनर्स्थापनामा नागरिक, परिवार, विद्यालय, शिक्षक, समाज, सरकारले आ-आफ्नो तर्फबाट सचेत, सजग र जागरुक हुनुपर्ने औंल्याउँदै सो प्रशिक्षण सत्रमा प्रा.डा. शाक्यले सहभागी सम्पूर्ण शिक्षकहरुलाई यो सचेतना अभियानमा परिवर्तनका सम्बाहकका रुपमा भुमिका निभाउन आव्हान पनि गर्नुभयो । ईशान, भक्तपुरका अध्यक्ष प्रेमजंग थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका सल्लाहकार सरोजराज गोसाइँले आफ्नो धारणा र नववर्ष २०८१को शुभकामना मन्तव्य राख्नुभएको हो । विभिन्न विद्यालयहरुका जना शिक्षकहरुले उक्त प्रशिक्षण सेसनबाट लाभान्वित भएको आशा गरिएको छ ।